• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

दाङ अाएर कृषिमन्त्री पौडेलले भनिन्- “प्रदेश पाँचलाई कृषि क्षेत्रमा सम्वृद्ध बनाउछु”


ओमप्रकाश गुप्ता
असार ३२, दाङ ।

प्रदेश नम्बर ५ का कृषि, भुमि,व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश नम्बर ५ लाई कृषि क्षेत्रमा सम्वृद्ध बनाउने बताएकी छिन् ।

दाङ देउखुरीको राप्ती गाउँपालिका र लमही नगरपालिकामा रहेका विभिन्न कृषि, पशु फर्म तथा कृषि सहकारी संस्थाहरुको अवलोकनका क्रममा राप्ती गाउँपालिका ४ मौरीघाट स्थित बहुउद्देश्य कृषि तथा च्याउ खेती फर्मको अवलोनका क्रममा सो कुरा बताएकी हुन् । उनले कृषि सहकारीको माध्यमबाट कृषिलाई व्यवसायिकरण, यान्त्रीकिरण गरी विकास गर्ने बताएकी छिन् ।

उनले कृषि क्षेत्रको विकासका लागि १० वटा कोल्डस्टोर बनाउने, दुग्धप्रशोधन, नश्ल सुधार,एआई प्रविधि, बोयर जातको बाख्रावितरण र दुग्ध ढुवानी ट्याङकरका लागि प्रदेश सरकारले सपोट गर्ने बताएकी छिन् । मन्त्री पौडेलले विगतका दिनमा कृषकलाई दिने अनुदानमा कृषकलाई भन्दा कर्मचारीहरुलाई बढी फाइदा भयो नि भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पौडेलले विगतमा भएका गल्ती कमी कमजोरीलाई औल्याउदै अव पालिका र सहकारीको सिफारिस तथा जग्गा हेरेर मात्र अनुदान दिने बताएकी छिन् ।

विगतका दिनमा अनुदानका लागि मन्त्रालय धाएर अनुदान पाउने समय अव नरहेको बताएकी छिन् । एक आर्को प्रसंगमा मन्त्री पौडेलले बाँझो जमिनलाई खेर जान नदिन अव जग्गा करारमा लिएर पालिकाको माध्यमबाट सामुहिक खेती गर्ने व्यवस्था मिलाइने बताइन् । साथै मन्त्री पौडेलले भालुवाङको भु स्वामित्वका विषयमा प्रदेश सरकार गम्भीर रहेको र यो विषय भालुवाङको मात्र नभई सिंगो नवलपरासी देखि बाँके बर्दिया सम्मको साँझा समस्या भएकाकाले केन्द्रबाटै पहल हुने र प्रदेश सरकारले लभिङ गरिरहेको बताएकी छिन् ।

उनले आफुले बोलेका कुरा व्यवहारमा पनि लागु गरेर देखाउने उद्घोष गरेकी छिन् । मन्त्री पौडेलले राप्ती गाउँपालिका ४ मौरीघाटको प्रसिद्धी एग्रो फर्म, पिपरखुटीको जुनकिरी कृषक समुहले उत्पादन गरेको मकै खेती, कृषियन्त्र, बहुउद्देश्य कृषि तथा च्याउ खेतीफर्म, लमहीनगरपालिका ८ सतवरीयाको शिवशक्ति कृषक समुह निम्बुखुटी र सतवरिया कृषि सहकारी संस्थाको अवलोकन गरेकी थिइन् ।

प्रकाशित मिति : २०७५ असार ३२ गते सोमवार