असार ३२, काठमाडौं ।
कपिलवस्तुका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुरेन्द्र पराजुली २ लाख ८० हजार रुपैयाँ घुसहित पक्राउ परेका छन् ।
कर्मचारीको तलब निकासामा ढिलाइ गरी घुस मागेको सूचनाको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार पराजुलीलाई घुस लिइसकेको अवस्थामा सरकारी निवासबाट पक्राउ गरिएको हो । यस विषयमा अनुसन्धान सुरु गरेको अख्तियारले जनाएको छ ।