• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

दाङमा जंगली बिसालु च्याउ खादा एकै वडाका ३ जनाको मृत्यु


पूर्ण के.सी. (मुस्कान)
साउन १ , दाङ ।
अहिले च्याउको सिजन छ । तर बिसालु च्याउ खादा धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । यसैबीच दाङ घोराहीमा जंगली च्याउ खाँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १९ पाँचपोखरी निवासी ४० बर्षीय चित्रबहादुर घर्तीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नजिकैको जंगलवाट च्याउ ल्याएर खाएपछि गम्भीर विरामी परेका घर्तीलाई उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा लगिएको थियो । त्यहाँको उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । घर्तीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै घोराही १९ कै बालाराम घर्तीको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसअघि जंगली च्याउ खाएर गम्भीर विरामी अवस्थामा उपचाररत घोराही १९ कै ५ बर्षीया बालिका प्रशंशा घर्तीको असार २९ गते उपचारको क्रममा कोहलपुरमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५ साउन १ गते मङ्गलवार