• २०७८ कार्तिक ७ गते आइतवार
  • Preeti To Unicode

दाङमा ट्रकको ठक्कर बाट १ जनाको ज्यान गयो


पूर्ण के.सी. (मुस्कान)
साउन १ , दाङ ।

दाङकाे तुलसीपुर सितलपुर सडक खण्डको जस्पुरमा ट्रकको ठक्कर वाट एकजना पैदल यात्रुको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जस्पुरमा सोही ठाउँका ५७ बर्षीय जुद्धबहादुर के.सी. को मृत्यु भएको जस्पुर प्रहरी चौकीले जनाएको छ ।

बाँकेबाट तुलसीपुर अाउदै गरेको रा १ ख १५६७ नम्वरको ट्रकले के.सी.लाई सवा चार बजेतिर ठक्कर दिएको थियो । के.सी लाई राप्ती अंचल अस्पताल पु¥याएर लगतै डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन १ गते मङ्गलवार