• २०७८ कार्तिक ७ गते आइतवार
  • Preeti To Unicode

दाङमा तुलसीपुर र घाेराहीका पत्रकारहरु बिच मैत्रीपूर्ण फुटबल, तुलसीपुरका पत्रकारहरु बिजयी


पूर्ण के.सी. (मुस्कान)
साउन १, दाङ ।

दाङ खबर डटकम अनलाईनको तेस्रो वार्सिक उत्सवको अवसरमा आज दाङ घोराहीमा भएको मैत्रीपुर्ण फुटबलमा तुलसीपुरका पत्रकारको टिम बिजयी भएको छ ।

घोराही र तुलसीपुरका पत्रकार बीच भएको उक्त खेलमा घोराहीलाई तुलसीपुरले ० का विरुद्ध ५ गोलले मात दिएको हो । तुलसीपुरका तर्फ बाट कपिल मणि लामिछानेले ३ र साजन योगिले २ गोल गरेका थिए ।

सुरुवाती देखि तुलसीपुर टिमले घोराहीलाई दबाबमा राखेको थियोे ।

प्रकाशित मिति : २०७५ साउन १ गते मङ्गलवार