• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

“गणतन्त्र रुपि संसदीय व्यवस्था लुटतन्त्रकै निरन्तरता सावित”


टंक प्रकाश के सी
यहीँ गणतन्त्र ल्याउने भन्दै नेपाल काे दश बर्षे महान जनयुद्धमा दशाै हजार नेपाल अामा छाेराछाेरिले अाफुलाइ बलिदान काे उच्च वेदिमा चढाउदै अाफ्नाे जिबन याे देशका निम्ति अनुसरण गरे ।गाउँ गाउबाट क्रान्ति काे बिगुल फुकिरहेकाे थियो ।भाेका नाङ्गा सयौं बर्ष देखि दास काे जिवन विताइरहेका सर्वहारा बर्गमा नयाँ जिवन पाउने भारि अाशा सहित त्यहीँ यात्रामा लामबद्द भए ।लगायत समाजका कयौं उत्पिडन काे जालाे गुम्सिएर बसेकाे समाज हाेस वा अन्धकार भित्र रुमल्लिएर बसेकाे समाज हाेस तिनका लागि माअाेवादी जनयुद्ध उज्यालो प्रकाश का अाशा सपना सहित त्याग र उच्च बलिदानका काेठा पुरा गर्ने त्यो गणतन्त्र ल्याउने भन्दै त्यो विरतापुर्ण अान्दोलन मा भाग लिए ।

त्यो माअाेवादीअान्दोलन दुनियाँ ले गर्व गरिरहेकाे थियो ।बिश्व हल्लाउने जनमुक्ति सेना, कसैले प्रश्न गर्ने नसक्ने जनसत्ता ,जनअाधारइलाका अादि निर्माण गर्दै जनयुद्ध थुप्रै उपलब्धि हात पार्दै गइरहेको थियो ।

हाे याे त भयो इतिहास त्यो गणतन्त्र अाएन जुन गणतन्त्र ल्याउने भन्दै दशाै हजारकाे बलिदान भयो ।त्यो गणतन्त्र अाएन जुन गणतन्त्र ल्याउने भन्दै सयौं बेपत्ता भए, हजारौं घाइते र लाखौं जनताको त्याग र रगत पसिना बगेकाे छ ।त्यो गणतन्त्र जुन गणतन्त्र ले गणतन्त्र का निम्ति लड्ने हरुकै सम्मान गर्ने नसकेर जेल काेच्याे ।कस्तो गणतन्त्र अायाे ?तिमलाइ ल्याउन लडेर घाइते भएका हरुलाइ पनि एउटा मलिम सम्म लगाउन नसकेर विस्तारामा पश्चाताप गर्दै रुनु पर्ने ,कस्तो गणतन्त्र अायाे?जुन गणतन्त्र का लागि जेल गएर अपराधी बन्नुपर्ने, कस्तो गणतन्त्र अायाे? तिमिलाइ लडे वापत पश्चाताप गर्दै भाेकाे पेट टार्न र नाङ्गो छाति ढाक्न खाडीमा घरखेत बेचेर भाैतारिनु पर्ने गणतन्त्र अाएछ । हाे गणतन्त्र निम्ति लड्ने हरु पश्चताप गर्दै रुदै छन ।

राजतन्त्रको अन्त्य गरि गणतन्त्र नामले रंगरोगन गरि नेपाली बजार सफल भयो हल्ला गरिएको संसदीय व्यवस्था बिश्वमै नकामसिद्द भइसकेको व्यवस्था हाे ।नेपाल मा दश बर्षे जनयुद्ध यहीँ संसदीय व्यवस्था का विरुद्ध थियो ।बिजय काे नजिक पुगेको नेपाली क्रान्ति धाेका गद्दारि ले त्यसका नायक हरु कराेडाै सिद्दिसकेपछी फेरि नेपाल का क्रान्तिकारी जनसमुदाय मा असह्य पिडा निराशा बिचमा अाज फेरि अाशा किरण सहित एकिकृत जनक्रान्ती काे बिगुल फुकिरहेकाे छ ।त्यो रगत पसिना काे जगमा नयाँ क्रान्ति काे अावाज फुकिरहेकाे छ ।

 

लेखक : टंक प्रकाश के सी

याे संसदीय ब्यवस्था नेपाल काे महान दश बर्षे जनयुद्धकाे बिपरित छ  ।त्यो रगत मा हाेलि खेलेर फाइभ स्टार हाेटल र लजहरुमा हिजाे टाउकाेकाे मुल्य ताेक्ने र प्रतिक्रियावादि घाेषणा गरेका हरु का लागि ठिक तर जनयुद्ध मा लड्ने जनता बिरुद्ध छ ।तिम्रो ब्यवस्था वदलिएकाे हल्ला तिमिले गर्याै ।तर तिम्रो ब्यवस्थाले गरिब ,किसान ,मजदुर ,महिला ,दलित ,जनजाति ,सिमाङ्कृत ,सुकुम्बासी ,विद्यार्थी लगायत झुपडी देखि राेडमा बस्ने हरुलाइ तिम्रो गणतन्त्र ले छाेएन ।

तिम्रो हल्ला बजारमा संसदीय ब्यवस्था सफल भयो भनेर घाेषणा गर्छौ तर जनताका समस्या झन बढेका छन ।तिम्रो ब्यवस्थाले झन नेपाल का स्रोत साधन बेचेर ,नदिनाला बेचेर राष्ट्रघात गरिरहेकाे छ ।तिम्रो गलत सम्झौता गरेका हुनाले तराई नहर र बाँधले बर्षेनी नागरिक ले ज्यान गुमाउछन ,भारतीय सेना अाएर नेपाली नागरिकको गाेलि हानि मार्छन तर तिमि किन माैन ??नेपाल बिश्व हल्लाउने सेना हामीले गर्व गर्ने सेना छ तर हामीले नै हिनताबाेध हुने गरि तिम्रो मालिक प्रभुकाे सुरक्षाका नाममा भारतीय सेना नेपाल भित्र्याउने अनि तिम्रो स्वाभिमान कहाँ हरायो ?

तिमी समाजवाद का कुरा गर्दै हिड्छाै तर तिमिले १३लाख उद्योग बेचेर लिलाम बनायाै ३५लाख युवा बेरोजगार बनायाै ,खै तिम्रो समृद्धि ??नेपाली युवा हरु दिनमा हजारौं खाडीमा पलायन भइरहेका छन ।तिमिले सस्तो श्रममा बेचिरहेका छाै कयौं खाडीमा भाैतारिरहेका छन तर तिमि माैन छाै ।यहाँ कृषि र पर्यटन का थुप्रै सम्भावना छन तर तिमी किन माैन?तिमिले जनताले उठाएकाे अरबाै रकम चुनाव नाममा खरबाै खर्च गर्छौ ,उपचारका नाममा खर्च गर्छाैं ।अनि जनताकै रकम बाट तिमि मासिक बिभिन्न शिर्षक मा लाखौंको तलव खान्छाै ,लाखौं भ्रष्टाचार गर्छौ ।लाखौं का गाडी किन्छाै कराेडाैका महल बनाउछाै खै तिम्रो समृद्धि ??एउटा सामान्य गाउपालिका नामको स्थानीय सरकारले ८५हजार मासिक जनताको रकम गाडीका नाममा दुरुपयोग गर्छ ।

यहि तिम्रो समाजवाद कि लुटतन्त्र??खै उत्पादन ?खै युवाहरूको राेजगारि?तिम्रो दलालव्यवस्था बाट याे सम्भब छैन ।विद्यार्थी कुरा गराै ।राज्यले माध्यमिक तहसम्म निशुल्क भन्छ त्यो निशुल्क कहि पनि कार्यनयन भएको छैन ।अाज पनि गरिब छाेराले शिक्षा पाउदैन अाज सामान्य जे ,टि ए ,एउटा किसान का छाेराले ६०हजार तिरेर पढ्नलाइ कि खाडीमा जानुपर्छ ,कित मुग्लान कित भएको एक राेपनि जग्गा काे टुक्रा बेच्नु पर्छ ।दुई प्रकारको शिक्षा लागु गरिएको छ ।गरिब का छाेराले पढ्ने पाठ्यक्रम स्कुल छुट्टै छन धनिका छुट्टै छन ।धनिका छाेरा छुट्टै गाडी चढेर स्कुल जान्छ गरिबको छाेराे हिडेर जान्छ ,धनिकाे छाेराे छुट्टै कपडा लगाएर स्कुल जान्छ गरिब काे छुट्टै छ ।यसले समाजमा बिभिन्न बर्गिय खाडल, असमानता, अमानवीयता ,अन्तरविरोध का खाडल हरु फराकिला भएका छन ।राेजगारिकाे कुन सम्भावना छैन ,नाै कक्षामा पढ्दै गरेको एउटा केटाेले खाडिका सपना देख्न विवश छन ।नाै कक्षामा पढ्दै गरेकि एउटी केटी अन्धकार भबिष्यका बिच बैवाहिक जिवनमा बाँधिन बाध्य छ ।

म याे गणतन्त्र लाइ गणतन्त्र मान्दिन्न ।याे लुटतन्त्र हाे ।जनयुद्ध कहिल्यै नदेखिएका समस्या अाज बाेक्सिका नाममा महिला कुटपिट गरि मारिएकाे छ अनि खै तिम्रो समाजवाद ??अाज समाज त जनयुद्धका ले बिकास संस्कार ,संस्कृति र चेतनाभन्दा पछाडि छ ।त्यो रक्षा हुन सकेन ।समाज मा अाज थुप्रै खालका अन्तरविरोध बढेका छन ।देश भ्रष्टाचार कालाेबजारि मा डुबेको छ ।मान्छे हरु खान नपाएर ,उपचार नपाएर राेडमा अाउदै छन केही झुन्डिएर मरेका समाचार पनि बेला बेला अाइरहन्छन ।खै तिम्रो समृद्धि र समाजवाद ??

४०लाख सुकुम्बासी घरवारविहीन भएका छन ।।दलितहरु दलित भएकै कारण कुटपिट गरि मारिएको छ ।लगायत कतै समाधान छैन सन्तुष्टि छैन ।राेजगागारि ,उत्पादन का सम्भावना दिन सक्दैनौं ।व्यवसायी काे लगानी सुरक्षित छैन ।अनि अाउछ समाज बाद ??

अर्को कुरा तिमिले समाजवाद र समृद्धि का कुरा चुनाव मा जनता ठग्न यहाँ समृद्धि हुन्छ ,बिकास हुन्छ ,राेजगारि हुन्छ भन्यौं तर पुर्ण गलत सावित भइसकेको छ ।जनतामा चुनाव पछि के के न हुन्छ भन्ने भ्रममा बास्तविक अाज प्रस्ट भइसकेको छ ।बरु तिमि अरु हाेइन चुनाव पछि कति डाेजर चलाएर खायौं ,कति अाफ्ना धन्दा चलायाै ,कति गाडी किन्याै ,कति महल बनायाै ,कति भ्रष्टाचार गर्याै ,कतिका झाेलेहरु भर्ती गर्याै ।

अाज सयौं गुणा कर बिना उत्पादन जनता लुटिरहेका छाै ।दुनियाले घिर्ना गर्दै छ ।कम्युनिस्ट सरकार हप्ता मा मुल्य वृद्धि गर्छौ ,दक्षिण एसियाकै महङ्गो नेटमा कर लगाएका छाै ।दुनियाँ काे फाँसिवादि चरित्र लाद्दै जनता लिलाम बनाउने तिम्रो हत्कणठा कहिले सम्म चल्छ ।अब तिम्रा बिरुद्ध नेपाली जनताले सशक्त प्रतिरोध गर्छन् ।

राष्ट्रिय स्वाधीनता का कुरा गर्दा ,राेजगारिकाे ग्यारेन्टी गर ,खान ,लगाउन नपाएका र स्वास्थ उपचार नपाएका लाइ उपचारको ग्यारेन्टी गर ,राष्ट्रघाती सम्झौता खारेज गर भन्दा युद्ध हुने भयो खतरा हुने भयाे भन्दै तिम्रो लुटकाे स्वर्ग लम्ब्याउन कै निम्ति शान्तिपूर्ण कार्यक्रम बाट हाम्रा नेता कार्यकर्ता गिरफ्तार गर्छौ ।अनि कम्युनिस्ट सरकार भन्छाै समाजवाद भन्छाै।त्रसित मानसिकताको उपज याे जतिसुकै दमन गर जतिसुकै जेल काेच याे देशमा क्रान्ति राेकिदैन ।तिम्रो दमनले हिजोका शासकको इतिहास राणा ,पञ्चायत ,राजतन्त्र सबै का बिरुद्ध काे मान्छे राेडमै गाेलि हानेर मार्याै तिम्रो ब्यवस्था बच्याे ??तिनि शासकहरु जनताबाट बहिस्कार भएका छन ।प्रचण्ड के पि बादल कम्युनिस्ट खाेलका पुजीवादी व्यवस्था का निम्ति क्रान्तिकारी जनसमुदायमा फाँसिवाद लाद्दै छन । याे सम्भब छैन ।

त्यसका विरुद्ध क्रान्ति काे ज्वाला एकिकृत जनक्रान्तीकाे अन्तिम हावाहुरी अाउदै छ ।त्यसमा नेपाली जनताको अबश्य साथ सहयोग हुनेछ ।तिम्रो गणतन्त्र रुपि संसदीय व्यवस्था लुटतन्त्रकै निरन्तरता सावित भइसकेको छ।

लेखक विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकटकाे अखिल क्रान्तिकारी सल्यानका जिल्ला अध्यक्ष हुन । 

प्रकाशित मिती २०७५ साउन २ गते

प्रकाशित मिति : २०७५ साउन २ गते बुधवार