• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

न्याय सम्पादन गर्ने सवालमा जनप्रतिनिधि सबैको साझा छन् : मेयर पाण्डे


पूर्ण के.सी. (मुस्कान)
साउन २, दाङ ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले न्यायिक समितिलाई बलियो बनाउन आफुहरु लागिरहेको र सरल र सहज तरिकाले न्याय सम्पादन गर्न न्यायीक समिति र मेलमिलाप कर्तालाई संग संगै लैजाने बताएका छन्। र न्याय सम्पादन गर्ने सवालमा जनप्रतिनिधि सबैको साझा रहेको मेयर पाण्डेको तर्क थियो ।

स्थानीय तहको न्यायीक अधिकार कार्यान्वयन विषयक १ दिने अन्तरकृया कार्यक्रममा उनले यस्तो बताएका हुन्

विशिष्ट अतिथी ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले प्रहरी न्यायीक समिति संगै रहेको बताए । यस्तै, तुलसीपुर उपमहानगरपालिकाका उपमेयर एवम् न्यायीक समिती संयोजक माया आचार्यले मेलमिलाप कर्तालाई छिटै सुचिकृत गर्ने बताए । भएकोको उक्त कार्यक्रममा मेलमिलाप कर्ता, जनप्रतिनिधी र सरोकारवालाको सहभागीता रहेको थियो ।

विपन्न तथा सीमान्तकृत समुदाय विशेषगरि महिलाहरुको सुरक्षा र न्यायमा पहुँच बढाउन कार्यक्रम गरिएको आयोजकले बताएको छ ।

युके एडको सहयोग , सर्चफर कमण ग्राउन्डको सहकार्यमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा स्वागत सेलड दाङका संयोजक मोहन धितालले गरेका थिए भने सहजीकरण गोकर्ण खत्रीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन २ गते बुधवार