• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

दाङमा एक कृषि फर्ममा आगलागि हुँदा ९ लाख बराबर क्षेति


साउन २, दाङ ।

तुल्सीपुर स्थित शिबमाया बहुउद्देश्यीय कृषि फर्ममा आज दिउँसो आगलागि भएको छ । बुधबार दिउँसो कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिक बाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरिले जानकारी दिएका छन ।

आगलागि बाट कम्पनीका उत्पादन गरेका नमकिन तथा चिप्सहरु पुर्णरुपमा जलेका छन भने केही मेसिनमा समेत क्षति पुगेको छ । आगलागिबाट फर्ममा झन्डै ९ लाखको क्षति भएको सञ्चालक कमलापुरिले जानकारी दिएका छन ।

शिवमाया कृषि फर्ममा रिजम तथा प्रधानमन्त्री आधुनिकिकरण कृषि कार्यक्रमले समेत लगानी गरेका छन । तुल्सीपुर ८ अश्वारामा रहेको कृषि फर्मले केही महिना देखि विभिन्न परिकारका चिप्स तथा नमकिनहरु उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५ साउन २ गते बुधवार