• २०७८ मङ्सिर ११ गते शनिवार
  • Preeti To Unicode

बर्षमान पुनको आडमा रोल्पामा कराेडाैँकाे चुनढुंगा तस्कर, रोल्पा सिमेन्ट बन्द गर्ने योजना


साउन २, राेल्पा ।

जनताको लोकप्रिय सरकारका कुनै कुनै मन्त्रीको धन्दा रहस्यमय रहेको खुलासा भएको छ । मन्त्रीकै संरक्षणमा उनका कार्यक्रताले बषौ देखि तस्करीलाई ब्यबसायका रुपमा दिइरहेका छन् । एक वर्ष पहिले भैरहवा भन्सार कार्यालयमा, भन्सार अधिकृत मानप्रसाद बिकलाई प्रयोग गरेर, तस्करीमा सेटिङ मिलाउने वर्षमान पुन यतिबेला फेरि गृहजिल्लाकै तस्कर समूहसँग मुछिएका छन्, दृष्टि न्युजमा खबर छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता यतिबेला ऊर्जा, सिचाई तथा जलस्रोत मन्त्री बनेका वर्षमानको आडमा, राप्ती माइनिङ कन्ट्रक्सनले वषौदेखि त्रिवेणी गाउँपालिका बुढागाउँबाट चुनढुंगा तस्करी गरिरहेको खुलासा भएको हो । दैनिक ९० ट्रक भन्दा बढी चुनढुंगा तस्करी हुने गरेको पाइन्छ । अहिलेसम्म राप्ती माइनिङले ५६ हजार टन चुनढुंगा चोरी गरेर घोराही सिमेन्टलाई बिक्री गरेको तथ्यांक छ । ५६ हजार टन चुनढुंगाबाट ४० हजार टन सिमेन्ट घोराही सिमेन्टले उत्पादन गरेको छ । जसको मूल्य ६५ करोड बराबर हुन आउछ ।

तत्कालीन माओवादीको तर्फबाट त्रिबेणी गाउँपालिका अध्यक्षका उम्मेदवार गंगाप्रसाद घर्तीले चुनढुंगा चोरी निकासी गर्न स्थानीयवासीलाई थामथुम पार्ने काम गरिरहेको स्थानीयले बताए । अध्यक्षमा पराजित भएपछि गंगाप्रसादको तस्करसँग साँठगाठ धन्दा सुरु भएको हो । चुनढुंगा बुढागाउँबाट पास गराउने मुख्य हात उनकै रहेको बुझिन्छ । उनीसँगै राप्ती माइनिङका प्रेम पुनले गुण्डा परिचालन गर्ने गरेका छन् । उनले प्रहरी प्रसाशनसँग समेत राम्रै हिमचिम बढाएका छन् ।

उनीहरुले बुढागाउँबाट तस्करी गरेको चुनढुंगा, दाङको घोराही सिमेन्ट उद्योगमा लिएर बेच्ने गरेका छन् । उता गंगाप्रसाद, प्रेमले सेटिङ मिलाउँदै कपुरकोटसम्म ल्याएको चुनढुंगा यता सुरेश हमाल र मोहन बस्नेतले चाजोपाजो मिलाउँदै घोराही सिमेन्टसम्म पु¥याउने काम गर्दछन् । हमाल कांग्रेस निकट मानिन्छन् भने बस्नेत बैंकका कर्माचारी हुन् ।

राप्ती माइनिङ कन्ट्रक्सनले खानी बिभागबाट चुनढुंगा उत्खनन् गर्ने अनुमति लिएको समेत छैन । तर, पनि जिल्ला प्रसाशन कार्यालय रोल्पा, जिल्ला प्रहरी कार्यालय रोल्पा र त्रिवेणी गाउँपालिकालाई प्रलोभनमा पारिरहेको छ । जिल्ला प्रसाशन, जिल्ला प्रहरी कार्यालयमा मन्त्री वर्षमानले सेटिङ मिलाइदिएका छन् भने गाउँपालिकामा एक ट्रिपरको ३ सय दिने गरको गाउँपालिकाले बतायो । चुनढुंगा तस्करीमा पाँच नम्बर प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी ‘सोनाम’को संलग्नता भएको समाचार छ ।

बर्षमान पुनका पीए सन्तोष पुन केही दिन पहिले रोल्पा पुगेका थिए । उनी रोल्पा जानुको कारण गंगाप्रसादलाई भेट्नु थियो । वर्षमान चीन गएको मौका छोपेर रोल्पा पुगेका सन्तोषले राप्ती माइनिङका सञ्चालकबाट करोडौं रकम हात पोरेर राजधानी कुदेको स्रोतको दाबीलाई उदृत गर्दै दृष्टि न्युजले समाचार लेखेको छ ।

जिल्ला प्रसाशन कार्यालयमा चुन ढुङगा तस्करी गरेको बिषयमा धेरै उजुरी परेको जिल्ला प्रसाशन कार्यालय रोल्पाले जनायो । उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, ती तस्करहरुलाई कारबाही गर्न कसिएका थिए । तर, मन्त्री पुनले यो काम अघि बढाए सरुवा गर्ने चेतावनी दिएपछि अधिकारी एमसी पछि हटेका हुन् ।

०६६ सालमा स्थापना भएको रोल्पा सिमेन्ट प्रालि बुढागाउँमै रहेको छ । उक्त सिमेन्टले दिनहुँ ५ सय बोरा सिमेन्ट उत्पादन गर्ने गरेको छ । त्यहाँको चुन ढुंगाबाट उत्पादन भएको सिमेन्ट गुणस्तरीय भएको पाइन्छ । घोराही सिमेन्टले त्यहाँको चुनढुंगा राम्रो भएको सुइको पाएपछि तस्करहरु प्रयोग गरेर चुनढुंगा चोरी निकासी गरेर आफूकहाँ ल्याउन लगाएको स्रोतले बतायो ।

रोल्पा सिमेन्ट बन्दको योजना बनाउँदै
रोल्पा जिल्लालाई समृद्ध बनाउने नारा बनाएर बर्षमान पुनले रोल्पाबाटै चुनाब जिते । गंगाप्रसाद घर्तीले गाउँपालिको बिकास गर्ने भन्दै स्थानीय तहमा अध्यक्षका उम्मेदवार बनेर पराजित भए । यतिबेला उनीहरुनै रोल्पा जिल्लाका धेरै नागरिकहरुलाई रोजगारी दिएको रोल्पा सिमेन्ट बन्द बनाउने योजना बन्दै गरेको स्रोतको दाबी छ ।

रोल्पा सिमेन्ट प्रालि र स्थानीयबीच अनावश्यक बिबाद बढाउने काम गंगाप्रसाद, कांग्रेस र बिप्लब निकटका स्थानीय नेताहरुले गरिरहेको बुढागाउँका एक स्थानीयले बताए । उनीहरुले स्थानीयबासी उचालेर बिबाद गर्न दबाब दिइरहेका छन् । यसो गर्दा सिमेन्ट बन्द भयो भने, ती चुन ढुङगा तस्करीहरुलाई फाईदा हुने देखेपछि यसो गरेको बुझिन्छ ।

बिबादै बिबादमा बर्षमान
ओली सरकारका निकै बिबादित मन्त्री हुन् वर्षमान पुन । उनी तत्कालीन एमाले र माओवादी पार्टीको चुनाबी तालमेलदेखि सरकार गठन हुँदै हालसम्मका बिभिन्न कामले उनी निकै बिबादमा छन् । बर्षमान पुनले रोल्पाकै एक गाउँपालिका अध्यक्ष बीरबहादुर खत्रीका २ नागरिकता हुँदाहुँदै पनि छानबिन नर्गन जिल्ला प्रसाशन कार्यालय रोल्पालाई दबाब दिएको प्रसाशनका एक कर्माचारीले बताए ।

यतिमात्रै होइन उनलाई रोल्पा जिल्लाको विकास विरोधीका रुपमा समेत बुझ्न सकिन्छ । उनको घर माडीचौरमा हो । घर भन्दा २ सय मिटर नजिकको पुल बषौ भयो नबनेको । ठेकेदार बसन्त दसौदीसँगको पुरानो सम्झौता रद्द भइसकेको छ ।

सम्झौता रद्द भैसकेपछि प्यूठानको एक होटेलमा रक्सीले मातिएका ठेकेदार दसौदीले, बर्षमानले आफूबाट पैसाको बिटो लिएकाले पुलको काम नगरेको र कसैसँग पनि नडराएको भन्दै दम्भ देखाएको स्रोत भन्छ । चुनाबका बेला उनी निकट सुमित बहादुरले गैरिगाउँका एक ब्यक्तिलाई खुकुरी प्रहार गरी गम्भीर बनाए । सुमितलाई प्रहरीले खोज्न सुरु गरेपछि बर्षमानले आफ्नै गाडीमा राखेर जोगाएका थिए ।

याे खबर drishtinews.com मा छापिएकाे छ ।

प्रकाशित मिति : २०७५ साउन २ गते बुधवार