• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

बन्गाड कुपिण्डे नगरप्रमुखले कराेडाैँकाे अार्थिक चलखेल गरेकाे अाराेप, बजेट प्रस्तुत राेकियाे


लेकाली अनलाइन
साउन ३, सल्यान ।

असार मसान्त सकिदा पनि सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा बजेट प्रस्तुत भएकाे छन् भने कार्यपालिकाको बैठकमा ठुलाे विवाद मच्चिएकाे छ ।

आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुतको विषयलाई लिएर नगरपालिकाको कार्यपालिकाको बैठकमा विवाद मच्चिएकाे हाे । यहाँ नगरप्रमुख र उपप्रमुख फरकफरक मतमा देखिएका छन् ।  नगर कार्यपालिका जम्मा २२ जना सदस्य रहेकाे बनगाड कुपिण्डेमा २१ जनाकाे टाेलि उपप्रमुख मन्जु यरी तिर छन् भने बाँकी ५ जना नगरप्रमुख गाेविन्द कुमार पुनतिर रहेका छन् ।

नगरप्रमुख पुनले नगरपालिकामा हुकुमी शासन चलाएकाे उपप्रमुख सहित १७ जना कार्यपालिका सदस्यहरुले अाराेप लागएका छन् । प्रमुखले नै कराेडाैकाे ठुलो आर्थिक चलखेल गरेकाे, कार्यपालिकाको निर्णय विपरीत नगरमा कर्मचारी भर्ती गरेको, अन्य जनप्ररतिनिधिहरूलार्इ अभद्र व्यवहार देखि धमकाउने र थरकाउने काम गरेकाे नगरप्रमुखमाथि अाराेप छ । जनतालाई अन्याय मात्र नभएर जनताको चाहना माथि नै कुठाराघात गरेकाे पुनमाथि उनिहरुले अारेप लगाएका छन्।

नेपाल सरकारले कार्यलय व्यवस्थापन गर्न दिएको १ करोड रकमको कमसल खालको सामान खरिद गरि आर्थिक चलखेल गरेको नगरप्रमुख पुनमाथि उपप्रमुख यरि सहित १७ जना कार्यपालिका सदस्यहरुले अाराेप लगाएका छन् । अहिले सम्म पनि खर्च विवरण पारदर्शीरुमा पेश नगरेको प्रमुखमाथि अाराेप छ ।

कार्यपालिकाको बैठक गएकाे असार २७ गते देखि साउन २ गते सम्म एक हप्ता लामो बैठक बसे पनि बजेट बिनियोजनको विषयमा लिएर सहमति हुना नकेकाे छैन् । नगरप्रमुख र उपप्रमुख दुबै जनाले छुट्टाछुट्टै बजेट कार्यपालिकाको बैठकमा प्रस्तुत गरेका छन ।

प्रस्तुत गरेको बजेट आ-आफनै अडानका कारण सहमती हुना नसक्दा अहिले विवाद सडकमा परिण्त भएको छ । नगर उपप्रमुख मन्जु यरिको नेतृत्वमा बहुमत कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेरै विवाद भएकाे जानकारी दिएका छन् ।

१७ जना कार्यपालिका सदस्यहरुले बिहीबार संयुक्त रुपमा प्रेस विज्ञप्ती निकालेर आर्थिक वर्ष २०७४/०७५ को आय व्यय विवरण मेयरले प्रस्तुत गर्न नचाहेको र कार्य सम्पन्न भएका योजनहरुको भुक्तानी समते  रोकेको जनाएका छन् । त्यस्तै प्रथम नगर सभा २०७४/०७५ ले प्राप्त गरेको विनियोजन बजेट कार्यन्वयनको प्रक्रियामा नै नलगी दोश्रो नगर सभाको आयोजना गरी प्रमुखले मनोमानी रकम वाडफाड गरेर कतिपय योजनामा नगर उपप्रमुखलाई दवावमा राखी आफैले समेत अनुगमन समितिको ठाउँमा हस्तक्षर गरि योजनाको भुक्तानी दिएको बताएका छन् ।

त्यसैगरी उनिहरुले यस्ता गतिविधिहरु नगर प्रमुखले नसच्याय अाफुहरु जनताको चाहाना पूरा गर्न संघर्षको माध्यमबाट जनतामाझ जान बाध्य हुने चेतावनी दिएका छन् ।

हेर्नुहाेस् नगरप्ररमुख गाेविन्द कुमार पुनमाथि लागेका अाराेपका १३ अाेटा बुँदा 

१) नेपाल सरकारले कार्यलय व्यवस्थापन गर्न दिएको रु १ करोड रकमको कमसल खालको सामान खरिद गरि आर्थिक चलखेल गरेको र हाल सम्म पनि खर्च विवरण पारदर्शीरुमा पेश नगरेको ।

२) आर्थिक वर्ष २०७४/०७५ को आयव्यय विवरण प्रस्तुत गर्न नचाहेको र कार्य सम्पन्न भएका योजनहरुको भुक्तानी रोकेको ।

३) प्रथम नगर सभा २०७४/०७५ ले प्राप्त गरेको विनियोजन बजेट कार्यन्वयनको प्रक्रियामा नै नलगी दोश्रो नगर सभाको आयोजना गरेर मनोमानी रकम वाडफाड गरेर कतिपय योजनामा नगर उप प्रमुखलाई दवावमा राखी आफैले समेत अनुगमन समितिको ठाउँमा हस्तक्षर गरि योजनाको भुक्तानी दिएको ।

४) प्रवदनात्मक क्षेत्रमा (लक्षित वर्गलाई) विनियोजन गरेको बजेट कार्यपालिकाको निर्णय विपरीत गैर सरकारी सस्थालाई मनोमानी वाडफाड गरि ठुलो आर्थिक चलखेल गरेको ।

५) कार्यपालिकाको निर्णय विपरीत नगरमा कर्मचारी भर्ती गरेको ।

६) DPR को नाम्मा आर्थिक चलखेल गरेको गरेको।

७) नेपाल सरकारले देशभरीका स्थानीय तहमा २०७५ असार १० गते सम्म नगर सभा गरि सकने निर्णय विपरीत हाल सम्म पनि नगर सभा नगरेको र हरेक बैठकमा कृर्ते माइनुट गराउने गरेको र कार्यपालिकाको बैठकमा प्रस्ताव र छलफल नै नगराएर आफू सुखी निर्णय गर्ने गरेको ।

८) उप प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको क्षेत्रा अधिकारमा हस्तक्षेप गरि हुकुमी शासन चलाउनुको साथै जनप्रतिनिधिहरुले प्रती अभद्र व्यवहार गर्ने र धमकाउने थरकाउने गरेको ।

९) आ व २०७५/०७६ को प्रस्तावित वजेट अधिकार क्षेत्र बाहिर बाट पक्षपात पुर्ण रूपमा आफुखुसी वजेट ल्याएको ।

१०) नगर शिक्षा समिति कार्यपालिकाको बैठकमा छलफल र निर्णय नगराई आफुखुसी गठन गरेको ।

११) सार्वजनिक सुनुवाइ सार्वजनिक खुल्ला स्थानमा गर्न आग्रह गर्दा पनि नगरेको ।

१२) नगरपालिकाले गाडी भाडामा लिदा टेन्डर आव्हान नगरी आफू खुसी आफ्नो गाडी भाडामा लिइ मोटो रकम लिएको ।

१३) जिल्ला र केन्द्र बाट आएको योजनाहरु आफू अनुकुलताका समितिहरु नभएको भनि उपभोक्ताहरुलाइ कुटपिट समेत गर्न लगाइ योजना फ्रीज गराएको ।

प्रकाशित मिति : २०७५ साउन ३ गते बिहिवार