लेकाली अनलाइन
असार ३, सल्यान ।
पुल भत्कीएकाे अायाेजनाकाे काण्ड नसेलाउदै सल्यानकाे दार्मा गाउँपालिकामा अर्काे अायाेजनाकाे काण्ड बाहिरीएकाे छ ।
एक महिना अघि दार्मा गाउँपालिका ४ नम्बर वडाको भाँडेखोलामा निर्माण सम्पन्न नहुँदै आरसिसि पुल भत्कीएको थियाे त्यसकाे ठिक एक महिना पछि फेरी साेहि वडामा पुखात बुगेरी बदशाला निर्माण अायाेजनाले निर्माण गरेकाे बदशाला भत्किएकाे छ । याे बदशाला गाउँपालिकाले पास गरेर पैसा पनि दिइसकेकाे थियाे तर निर्माण भएकाे दुर्इ महिना मै भत्किएकाे हाे ।
७५ हजारकाे लागतमा निर्माण गरेकाे बदशालाकाे निरिक्षण गाउँपालिकाका इन्जिनियर विस्णु राेकाले गरेका थिए । उनले याे याेजना पास समेत गरेर पैसा निकासा भएकाे थियाे । यसरी निर्माण भएकाे दुर्इ महिनामै बदशाला भत्किएपछि स्थानीयले त्यहाँ व्यापक पैसा अनियमीता भएकाे अाराेप लागाएका छन् ।
दार्मा गाउँपालिकाका यी समाचार पनि पढ्नुहाेस्
दार्मा गाउँपालिकामा ३ लाखको पर्दाफास : काम पुरा नहुँदै पुल भत्कीयो, सबै पैसा स्वाहा !
दार्मा गाउँपालिकामा सडककाे नाजुक अबस्था, गाडीलार्इ डिजलले हैन् डाेरीले तान्छन् (फोटो फिचर)