डाक्टर केसीको समर्थनमा दाङमा विरोध, प्रधानमन्त्री अाेली विरुद्ध चर्को नाराबाजी


पूर्ण के.सी.
साउन ३, दाङ ।

जुम्लामा अनसन बसेका डाक्टर गोबिन्द केसीलाई काठमाडौं लिने क्रममा भएको झडप र अस्पताल परिसरमा भएको ज्यादतीकाको बिरोधमा अाज दाङको तुलसीपुरमा प्रदर्शन गरिएको छ ।

नेपाल विद्यार्थी संघको अगुवाईमा तुलसीपुर क्षेत्रका युवाहरुले सरकारको क्रियाकलापको विरुद्धमा तुलसीपुरमा विरोध प्रदर्शन गरेका छन् । उनिहरुले डाक्टर के.सी.को माग जायज भएको र माग सम्बोधन गर्न अपिल पनि गरेका छ्न ।

उनिहरुले प्रधानमन्त्री केपि शर्मा वलीका विरुद्धमा बिरुद्धमा चर्को नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन ३ गते बिहिवार