• २०७८ मङ्सिर ११ गते शनिवार
  • Preeti To Unicode

दाङमा असहाय बालबालिकाहरुलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण


आशिष केसी
साउन ३, दाङ ।

हेल्पिङ हेण्ड्स दाङको आयोजनामा आज विहिबार विजौरीमा रहेको असहाय बाल विकास केन्द्रका असहाय बालबालिकाहरुलाई खाधान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ । राप्ती भेरी कर्णाली एकता समाज कुवेतको आर्थिक सहयोगमा खाधान्न तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

हेल्पिङ हेण्ड्स दाङकी अध्यक्ष प्रतीक्षा पौडेलको अध्यक्षता र राप्ती भेरी कर्णाली एकता समाज कुवेतका महासचिव माधव शाही को विशिष्ट आथित्यता तथा ठकुरी समाज नेपालका केन्द्रीय सदस्य बलदेव मल्लको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा बोल्दै विशिष्ट अथिती शाहीले आफुहरुले कुवेतमा रहेर साङ्गितिक कार्यक्रम गरी सङ्कलित रकम बाट असहाय बालबालिका हरुलाई यसरी सहयोग गरेको बताउनुभयो । साथै उहाँले आगमि दिनहरूमा पनि सस्थाको तर्फबाट गर्नसक्ने सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए ।

त्यसैगरी कार्यक्रममा असहाय बाल विकास केन्द्रकि सन्चालीका तथा व्यबस्थापिका सिमा ओलिले सस्थाले गरेको सहयोग प्रती खुशि व्यक्त गरे । साथै हाल यस असहास बाल विकास केन्द्रमा १५ जना असहाय बालबालिका रहेको र ती बालबालिकाको पालनपोषण तथा रेखदेख गर्नका लागि सरकारी निकायबाट हालसम्म कुनैपनी सहयोग नभएको पनि उनले बताए ।

कार्यक्रममा हेल्पिङ हेण्ड्स दाङकी अध्यक्ष प्रतीक्षा पौडेल, बरिस्ठ सल्लाहकार शालिकराम गौतम, सदस्यहरु दिपेश ढकाल, प्रकाश न्यौपाने लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण हेल्पिङ हेण्ड्स दाङका सचीव प्रमोद आचार्यले गरेको हेल्पिङ हेण्ड्स दाङका सन्चार सयोजक आशिष के.सी ले जनाएका छन ।

प्रकाशित मिति : २०७५ साउन ३ गते बिहिवार