साउन ३, जाजरकोट ।
पहिरो जोखिम बढेपछि भेरी नगरपालिका-१ र ३ वडाका स्थानीय रातभरी सुत्न नसकेको बताएका छन्। भेरी नगरपालिका-१ स्याला, कल्यानपुर स्यालाका स्थानीय खड्क सुनार, डण्डवीर सुनार, बालबहादुर सुनार, ललित थापा, सरिराम सुनार, दलराज विक, प्रविण विक, बलबहादुर विक, मनोज कामी, भरत केसी, गुलाप सुनार, लालबहादुर नेपालीका घर पहिरोको जोखिममा परेका छन्।
घरभन्दा माथि सडक निर्माण गरेका कारण सडकको पहिरोले घरहरू जोखिममा परेका हुन्। उनीहरूका सयौँ मुरी धान खेतहरू बाढी र पहिरोको जोखिमा परेका छन्। त्यस्तै वडा-३ सिटिजन्स बैंकमा पहिरोको जोखिममा परेको छ। कमान खड्का, भीमराज सिंह, तेजबहादुर खत्री लगायतका दर्जनका घर जोखिममा परेका छन्।
लगातार पानी पर्दा घर तथा खेतहरू जोखिममा परेका हुन्। जोखिममा परेका बस्तीमा स्थानीयले आफैँ तारजाली खरिद गरी जाली भर्न थालेको बताएका छन्।