• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

चालु आर्थिक बर्षमा प्युठानमा ३ हजार राहदानी वितरण


स्मृती घर्तीमगर
साउन ३, प्युठान ।
आर्थिक वर्ष २०७४÷०७५ मा प्युठानमा तीन हजार राहादानी वितरण भएको छ ।

राहादानी वितरणबाट ९२ लाख ६० हजार रुपैयाँ राजश्व सङ्कलन भएको हो । जिल्ला प्रशासन कार्यलय र इलाका प्रशासन कार्यलयबाट गरी उक्त राजश्व सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यलयबाट ५ सय १० र इलाका प्रशासन कार्यलयबाट ७ सय ९ वटा राहादानी वितरण भएको प्रमुख जिल्ला अधिकारी डा घिमिरेले भनाइ छ । गएको वर्ष ९ हजार ६ सय ९३ नयॉ नागरिकता वितरण भएको पाइएको छ ।

प्रकाशित मिति : २०७५ साउन ३ गते बिहिवार