साउन ३, उदयपुर ।
नेपाल कम्युनिस्ट पार्टीले उदयपुर सेक्रेटरी बाबुराम सुवेदीसहित दुई जनालाई भव्य स्वगत तथा अभिनन्दन गरेको छ । सेक्रेटरी २ सय २८ दिनपछि प्रहरी हिरासतबाट रिहा भएका थिए ।
प्रहरीले २०७४ मंसिर १३ गते गिरफ्तार गरी झुटा मुद्दा लगाएर हिरासत राखेको थियो । बिराटनगर उच्च अदालतको आदेशमा सुवेदीलाई रिहा गरिएको हो । बेलका नगरपालिका वडा नं. ५ बाट गिरफ्तार गरिएका सुवेदीलाई २०७५ असार १४ गते सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले कारागार भित्रैबाट पूनः गिरफ्तार गरी सुनसरी धरान वडा प्रहरी कार्यालयमा राखिएको थियो ।
अभिनन्दन कार्यक्रममा बोल्दै सुवेदीले जेललाई आफूले संघर्षको एउटा मोर्चाको रुपमा लिएका बताउँदै जनताको मुक्तिको लागि अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरे ।
अभिनन्दन कार्यक्रममा नेकपाका महासचिव विप्लवद्वारा लेखित ‘वैज्ञानिक समाजवाद’ पुस्तक उपहारस्वरुप दिइएको थियो ।