कस्ले सम्झियो चर्चित गायक गणेश अधिकारीलाई ? बाडुल्की लाग्यो रे नरोकी ! (भिडियाे सहित)


स्मृती घर्ती मगर
साउन ४, प्युठान ।
नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा एक पछी अर्को तिजका भाकाहरु सार्वजनिक हुने क्रम जारी छ। नेपाली चर्चित कलाकार देखी नयाँ कलाकारहरूलाई भने गीतको रेकर्ड देखि म्युजिक भिडियो तयार पार्न निकै होडवाजि नै चलेको छ।

पछिल्लो समय तिजका भाकाहरु बजार आइरहदा सर्मिला लम्सालको दोस्रो कोसेली ‘बाडुल्की’ पनी सार्बजनिक भएको छ। माया प्रेममा समावेश रहेको तिज कोसेली ‘बाडुल्की’ मा स्वर स्वयम सर्मिला लम्साल र चर्चित गायक गणेश अधिकारीको रहेको छ। भने लय, शब्द होनहार हस्ती गायक सर्जक गणेश अधिकारीकै रहेको छ।

म्युजिक भिडियोमा वोलमाया गीत वाट सर्बाधिक चर्चा कमाउन सफल चर्चित मोडल अन्जली अधिकारी र सुजन कोईरालाको नृत्य रहेको छ। यस म्युजिक भिडियोको निर्देशन स्मृती तिमिल्सिना ‘गुरुआमा’, छाँयाङकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमालाले गरेका हुन। गित को बजार ब्याबस्थापन योग्सना डिजिटल म्युजिक प्रा लिले गरेको छ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०७५ साउन ४ गते शुक्रवार