• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

जुम्ला घटनाको भिडियोले मर्माहत बनायो (भिडियाे सहित)


भुम प्रकाश भण्डारी

फलेको वृक्ष निहुरिन्छ भन्थे।
दुइतिहाइ बहुमत नजिकै पुगेको शक्तिशाली बामपंथी सरकारलाई चैं यस्तो के मात चढेको होला?

स्मरण रहोस-दुईतिहाई बहुमत नजिक पुग्नु भनेको दम्भी हुनु,घमण्डी हुनु किमार्थ होइन।बरू अझ बढी सरल हुनु, लोकतान्त्रिक हुनु, र जनपक्षीय हुनु हो।

डाक्टर केसीले उठाएका मुद्दा पनि जायज हुन तर उनले भनेको भन्दा अरू बिकल्पै छैनन भनेर पनि नबुझौं। डाक्टर केसी ले पनि आफ्नो हठ त्याग्नुपर्छ।स्वास्थ्य शिक्षामा आम नागरिकको पहुँच हुनुपर्छ भनेर उनले जुन नारा दिएकाछन।र प्रचार गरिएको छ ,यथास्थितिमा त्यो पनि भ्रमको खेती मात्र हो।संस्थागत र नितिगत सुधारबिना गुणस्तरीय स्वास्थ्य सुबिधा र शिक्षामा आम नागरिकको पहुँच हुनेवाला छैन।थप मेडिकल कलेजलाई अनुमति दिने कि नदिने भन्ने कुरा, स्वास्थ्य शिक्षामा आम नागरिकको पुहुच हुनुपर्छ भन्ने मत सँग पटक्कै मेल खादैन।

लेखक : भूम प्रकाश भण्डारी

किनभने अहिले पनि गुणस्तरीय स्वास्थ्य उपचार र स्वास्थ्य शिक्षामा आम नागरिकको पहुँच छैन र २/४ वटा थप्दैमा पनि सामान्य नागरिक लाई खासै असर पर्दैन।अहिले पनि मेडिकल शिक्षा पैसावालाकै पकेटमा छ।५० औं लाख खर्च तिर्न सक्नेकै गोजिमा छ।त्यो भनेको मेडिकल शिक्षा अहिले पनि निम्न बर्गिय र मध्यम बर्गिय नागरिकको पहुँचमा छैन।उच्च मध्यम बर्गिय र पुजिपती कै काबुमा छ।

कि अहिलेको अबस्थामा मेडिकल शिक्षा आम नागरिकको पहुँचमा हुदो हो अनि थप मेडिकल कलेज खोल्दा त्यो सुबिधा आम नागरिकको हात बाट खोसिदो हो,र पो यत्रो हल्लाखल्ला गर्नुको पनि औचित्य हुदो हो। त्यसकारण बहस थप मेडिकल कलेज खोल्न पाइने कि नपाउने भन्दा पनि,थप मेडिकल कलेज खोल्दा या नखोल्दा आम नागरिकलाई के असर पर्छ भन्ने हो।मेरो विचारमा थप मेडिकल कलेज खोले पनि नखोले पनि अहिलेकै अबस्थामा आम मजदुर किसान गरिब असहाय जनता लाई खासै केही फरक पर्नेवाला छैन।

त्यसैले पार्टी निकट माफियाको लगानी रक्षा गर्ने सरकारी अतिवाद र पुराना मेडिकल माफियाको सिण्डिकेट रक्षा गर्ने डाक्टर केसीको अतिबादको मारमा कोहि नपरौं।भ्रममा कोहि नपरौं।

शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण र ब्यापारीकरण सदाको लागि अन्त्य गर्ने ,शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको दायित्व र नागरिकको अधिकारको रूपमा स्थापित गर्ने महान बहसमा केन्दृत बनौं।

हेर्नुहाेस् जुम्लामा सरकारी दमनकाे भिडियाे 

प्रकाशित मिती २०७५ साउन ४ गते

प्रकाशित मिति : २०७५ साउन ४ गते शुक्रवार