साउन ४, राेल्पा ।
पटकपटक मन्त्री बनेका नेकपाका नेता वर्षमान पुन याे पटक पनि मन्त्री बने तर उनकै गृह जिल्ला राेल्पामा बन्न लागेकाे माडी पुलकाे हालत भने बेहाल छ । उनि मात्रै हैन् उनकी श्रीमती अाेनसरी घर्तीले पनि सभामुख पद समालिन तर एकपट राेल्पाकाे दुखतिर नजर लगाइनन् ।
दृष्टी न्युज अनलाइनले समाचार लेखेकाे छ- रोल्पा सदरमुकामबाट करिब ७ गाउँपालिका जोड्ने चर्चित माडी पुल काण्डमा बर्षमान पुन जाेडिएका छन्। पुनको घर पुल बन्ने स्थान भन्दा करिब २ सय मिटरको दुरीमा पर्दछ । पुलको सम्झौता भएको करिब ७ बर्ष भयो । बर्षमान पटक पटक मन्त्री भए, उनकी श्रीमति समेत मन्त्री र सभामुख भइन तर पनि घर छेउकै पुल भने पटक्कै बनेन ।
सात बर्षपछि फेरि अहिले पुल सम्झौता रद्द भएको छ । माडी पुलको ठेक्का ठेक्केदार बसन्त दसौदीले लिएका थिए । अहिले उनी सँगको पुरानो सम्झौता रद्द भइसकेको छ ।
पुलको सम्झौता तोडिएपछि प्युठानको भिगृमा बसन्त दसौदीको समुह रक्सीकाे मातमा भिजेको भेटिएकाे थियो । रक्सीले मातिएका ठेक्केदार दसौदीले बर्षमानले आफूबाट पैसाको बिटो लिएकाले पुलको काम नगरेको र कसैसँग पनि नडराएको भन्दै दम्भ देखाएको स्रोतको दाबी छ ।