रबिन बिश्वकर्मा
साउन ४, प्युठान ।
प्युठान सहित छिमेकि दुई जिल्लाका सेवा समाजले “तिज विशेष कार्यक्रम” गर्ने भएका छन । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर युएईमा “तिज विशेष कार्यक्रम” आयोजना गर्ने भएका हुन्। स्थापना काल देखि नै सक्रिय रहेर विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्दै आइरहेका प्युठान स्वर्गद्वारी सेवा समाज, दाङ देउखुरी सेवा समाज, अन्तर्रा्ष्ट्रिय रोल्पाली सेवा समाज युएईले संयुक्त रुपमा महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर “तिज विशेष कार्यक्रम” आयोजना गर्न लागेको प्युठान स्वोर्गद्वारी सेवा समाज यु.ए.इ का कार्यक्रम संयाेजक राजन बिश्वकर्माले बताए ।
विभिन्न जिल्लामा आर्थिक स्थिति कमजोर भएका र आफुहरुको पढने ईच्छा हुदाहुदै पनि शिक्षाको पहुंचबाट बञ्चित भएका तथा विकट जिल्लाका पिछडिएका विद्यार्थीहरुलाई शिक्षाको पहुंचमा पुर्याउनको लागि आफ्नो संस्थामा छात्रवृति कोष स्थापना गर्ने प्रताव राखिएको र उक्त प्रताव ६ सेप्टेम्बरसम्म संस्थाबाट पारित भएसम्म सोहि “तिज विशेष कार्यक्रम” मा नै छात्रवृति कोष स्थापना गर्ने उनले बताए । साथै रोजगारीको सिलसिलामा युएईमा रहेका प्युठान, दाङ, रोल्पा जिल्ला बासी सम्पुर्ण नेपाली साथै युएईमा स्थापित सम्पूर्ण संघ संस्थाहरुलाई कार्यक्रम सफल बनाउनका लागि सहयोग गरिदिन समेत बिश्वकर्माले अनुरोध गरेका छन् ।
कार्यक्रम आगामी ७ सेप्टेम्बर २०१८ शुक्रबारको दिन दुबई को देरा स्थित कार्लटन टावर होटेलमा हुने भएको छ । सोहि कार्यक्रमका लागि नेपाल देखी चर्चित लोकदोहोरी गायिका शान्ती श्री परियार, गायक मेक्सम खाती र दिपु मगर दुबई जाने भएका छन । साथै युएईमा रहेका नेपाली स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा प्युठान स्वर्गद्वारी सेवा समाज,दाङ देउखुरी सेवा समाज, र अन्तर्रा्ष्ट्रिय रोल्पाली सेवा समाज युएईको संयुक्त आयोजनामा हुन लागेको छ । हालसम्म प्युठान स्वर्गद्वारी सेवा समाजले बिजुवार प्युठानमा रेडक्रसको भवन निर्माणको लागि नेपाली १ लाख १ सय रुपैया सहयोग गरेको छ । यस्तै प्युठान नगरपालिका वडा नंम्बर १ खैरा निबासी मिर्गौला पिडित मान बहादुर जिसिलाई ५२ हजार, नयाँ गाउँमा दलित बस्तीको लागी खानेपानी तथा सरसफाइ कार्यक्रमको लागि ५२ हजार रुपैया सहयोग गरेको छ भने बर्षायामको समयमा तराईमा डुवान तथा बाढिबाट पीडित भएका पीडित परिवारको लागी ५५ हजार सहयोग गरेको छ।
यसरी बैदेशिक रोजगारीको सिलशिलामा प्रदेश गएका नेपालीहरुले युएईमा बिभिन्न सेवा समाज स्थापना गरी सहयोग अभियान संचालन गदै रकम संकलन गरी आफ्नो सेवा समाज तथा व्यक्तिगत रुपबाट सहयोग रकम उपब्धगराई बिभिन्न जिल्लाका आर्थिक स्थिति कमजोर भएका बिपन्न वर्गहरुलाई आर्थिक सहयोग गदै आएका छन्। यस्तै प्युठान गौमुखि गाउँपालिका ४ साविकको पुजां बाग्लिबाङ्ग घर भइ हाल बैदेशिक रोजगारीको सिलशिला दुबर्इमा रहेका बिस्वकर्मा समाज नेपाल युएईका दुबर्इ क्षेत्रीय समिती सदस्य पदमा रहेका राजन बिस्वकर्माले गुल्मी रेसुङ्गा नगरपालिका वडा नम्वर २, तम्घास बाँझी पोखरीका दूबै मिर्गौला पीडित २१ बर्षिय मनोज बिकको दुवै मृगौला फेल भएकाले उपचारका लागि ब्यक्तिगत तर्फबाट नेपाली १ हजार ४ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।