• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

नेपालमा यसरी छ सम्भव “सामाजिक आर्थिक रुपान्तरण र आत्मनिर्भर समाज”


सुकदेव कसेरा
नेपालमा सामाजिक विकास व्यवस्थित हुन नसक्दा अधिकांश नेपाली जनताको घरपरिवारको बीचमा पारिवारीक समस्याहरु विद्यमान अवस्थामा रहेका छन् । घरको सदस्य लामो समय सम्म अभिभावकसँग आर्थिकरुपमा निर्भर रहनु परेको छ । विश्वका अन्य मुलुकहरु आज विकसित देशको नामले परिचित छन् । ती देशहरुको विकास समाजको व्यवस्थित विकास प्रणालीबाट सुरु भएको देखिन्छ । समाज विकास प्रणालीलाई विकास गरे पस्चात ती देशहरुका जनताको जीवनस्तर आज चन्द्रमा पुगेर वस्ती बसाउने दौडमा छ ।

आजको यो एकाईसौं शताब्दिमा अकल्पनीय विकसित विज्ञान र प्रविधिको आविष्कार संसारमा भईसकेको छ । जसको प्रयोग गरेर कैयौं देशहरुले आफ्नो देशको जनताको जीवन स्तरलाई धेरै माथि उठाईसकेका छन् । उदाहरणका लागि नेपालका छिमेकी राष्टहरु चिन र भारतलाई हेर्न सकिन्छ । तर पनि नेपाललाई यो एकाइसौं शताब्दिमा आविष्कार भएको विज्ञान र प्रविधिको उच्चतम विकासले किन छुन नसकेको होला ? यो गतिलाई नेपालले किन समात्न नसकेको होला ? यी र यस्तै प्रश्न नेपालीहरुका लागि टाउको दुखाइका विषय बन्दै छन् ।

तर विश्लेषण गर्दै जाँदा फरक यतिमात्र देखिन्छ, अन्य देशहरु समाज केन्द्रित समाज विकास प्रणालीको प्रयोग गरेर बिकासको कामलाई अगाडि बढाईरहेका छन् भने नेपालले व्यक्तिकेन्द्रित समाज विकास प्रणालीको प्रयोग गरिरहेको छ । जसका कारण नै नेपालको सामाजिक विकास नेपाली जनताका लागि आजका मिति सम्म टाउको दुखाईको विषय बन्न गएको छ । व्यक्तिकेन्द्रित समाज विकास प्रणालीकै कारण सबै नेपाली जनताले आफ्नो घर परिवारको उचित व्यवस्थापन गर्न सकिरहेका छैनन् ।

यो कुरा सामान्य लाग्न सक्छ , तर त्यसो होइन । सरकार र जनताको घर परिवारले गर्ने प्रत्येक निर्णय र गतिविधिले प्रत्येक्षरुपमा समाजको विकासमा ठूलो महत्व र प्रभाव पार्ने गर्दछन् । नेपालको इतिहासमा लामो समय देखि सरकार र जनताको बीचमा चर्काे अन्तरविरोध रहेको हुदा नेपाली समाजको व्यवस्थित सामाजिक विकास हुन नसकेको कुरा सबैका अगाडि छर्लङ्ग छ । जसको अन्त्यका लागि २०७२ को संविधान मार्फत नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना भएको छ । संविधानले नेपालको सामाजिक व्यवस्थित विकासलाई अगाडि बढाउने आशय प्रकट गरेको छ ।

लेखक  :सुकदेव कसेरा

नेपालको विकास विश्वमा भइरहेको विकाससँगै अगाडि बढाउने हो भने नेपालको राष्टिूय सुरक्षा नीति पनि बलियो बनाउनु पर्छ । नेपालको सिमाना मिचिदा सम्म चुपलागेर बस्नुपर्ने बाध्यता नेपाल र नेपाली जनताको बनेको छ । कुन देशको विकास कस्तो हुने भन्ने कुरा त्यो देशको राष्टिूय शुुरक्षा नीतिमा पनि निर्भर रहने गर्दछ । नेपालका लाखौं लाख युवाहरु वैदेशिक रोजगारका नाममा देशको अर्थतन्त्र थेग्नका लागि विदेशिनु परेको छ भने वैदेशिक रोजगारबाट घर फर्कदा बन्द बाकसमा मरेको लाश भएर फर्कनुपर्ने नेपाली जनताको दर्दनाक पिडा छ । यो पिडाबाट नेपालको भावी सन्ततिलाई मुक्त गराउन नेपाल समाज केन्द्रित उत्पादन मुलक विकास प्रणालीमा जान आवश्यक देखिन्छ ।

नेपालमा बैदेशिक मुद्राको स्रोत विशेष गरेर बैदेशिक रोजगार र पर्यटन क्षेत्र देखिन्छ । यि दुवै स्रोतबाट आउने मुद्राको सेवा मुलक क्षेत्रमा बढी र उत्पादन मुलक क्षेत्रमा कम प्रयोग हुने भएकोले नेपाल रोजगारीका क्षेत्रमा आत्मनिर्भर हुन सकिरहेको छैन । यसले गर्दा नेपाली युवाहरुलाई पटक पटक बैदेशिक रोजगारमा विदेशिनु पर्ने बाध्यता भएको छ । सेवा मुलक विकास प्रणालीका कारणले गर्दा आज अन्य मुलुकले उत्पादन गरेको बस्तुहरु खपत गर्ने बजारका रुपमा नेपाल स्थापित हुदै गएको छ । अन्य मुलुकले उत्पादन गरेका बस्तुहरुको खपत नेपालमा अत्याधिक मात्रामा हुने भएकोले नेपालको मुद्रा विदेशमा बढी पलायन भएको अवस्था देखिन्छ । विश्वको शुरक्षा गर्न सक्ने हिकमत राख्ने नेपाली आज खाडि मुलकमा मजदुरको नाम ले चिनिन्छ ।

वैदशिक रोजगारमा श्रमको उचित मुल्य र जिवन सुरक्षाको अवस्था पनि कमजोर देखिन्छ ।

नेपालका आफ्नै खालका विशेषता छन् । ति विशेषतालाई चिन्न र सोहि बमोजिम विकास निर्माणका गतिविधिहरु अगाडि बढाउन जरुरी छ ।

नेपाल सुन्दर तीन वटा भूगोल मिलेर बनेको देश छ, १) हिमाल २) पहाड ३) तराई । जुन ठाउँमा पर्यटन क्षेत्रको बिकास गर्नु छ, पहिला त्यो ठाउँका जनताहरुलाई पर्यटन शिक्षाको जानकारी गराउन अति आवश्यक छ । त्यस्तै प्राकृतिक सम्पदाले भरिपुर्ण पर्यटन क्षेत्रको उच्चतम बिकासलाई जनताले उत्पादन गर्ने बस्तुसंग जोड्न सके स्वतः नेपाली जनताका सबै घरपरिवारलाई स्वरोजगार तथा रोजगारको वातावरण तयार गर्न मदत पुग्न सक्छ । हिमाली र पहाडी क्षेत्रका जनता यसरी स्वदेशमै रमाउन सकेभने दक्षिणमा रहेको उत्पादनयोग्य भूमिले तिनैलाई टेवा पु¥याउने छ । हिमालबाट पहाड र पहाडबाट तराई हुँदै भारत र विदेश पलायन हुने परिपाटी न्यूनिकरण हुदै गयो भने मात्र सिंगो मुलुक उत्पादनशिल कार्यमा अगाडि बढ्नेछ र नेपाली जनता रोजगारीको क्षेत्रमा आत्मनिर्भर बन्दै जानेछन् ।

त्यसैले निष्कर्षमा भन्नुपर्दा व्यवस्थित विकासले मात्र जनतालाई रोजगारीमा आत्मनिर्भर गराउन सक्छ । व्यवस्थित विकासका लागि राज्यले समाज केन्द्रित विकास अवलम्बन गर्नुपर्दछ । समाज केन्द्रित विकासका लागि सवैखाले विभेदयुक्त समाजलाई एकताबध्द गर्दै नागरिक तथा देशको सुरक्षानीति बलियो बनाउनुपर्छ । राज्यले सेवामूलक र बितरणमुखी भन्दा उत्पादनमूलक क्षेत्रमा बढि लगानी गर्नुपर्छ । यसरी नै स्वदेशी उत्पादन र श्रमको सुरक्षामा जोड दिन सकेमात्र दीगोरुपमा स्वदेशको विकासमा नागरिकहरु तल्लीन रहने छन् । जब विदेशिएको जनशक्ति समेत स्वदेशप्रति आकर्षित हुनेछ, तब मात्र अन्तराष्टिूय प्रतिश्पर्धामा उत्पादीत बस्तु र जनशक्तिको महत्व बढ्नेछ । नेपाली समाज स्वतः आत्मनिर्भर बन्दै जानेछ ।

लेखक सुकदेव कसेरा सल्यान टुरिजम मार्केटिङ सेन्टरका निर्देशक हुन् । 

प्रकाशित मिति : २०७५ साउन ४ गते शुक्रवार