• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

सल्यानका स्थानीय सरकारलाई कुमाख खवरपत्रिकाको खुल्ला पत्र


साउन ५, सल्यान ।

सल्यान जिल्लाबाट प्रकाशनमा आएको कुमाख राष्ट्रिय साप्ताहिक खवरपत्रिकाले सल्यानका स्थानीय सरकारलाई खुल्ला पत्र लेखेको छ ।

६ं महिनामा अघिदेखि निरन्तर रुपमा साप्ताहिक रुपमा प्रकाशनमा रहेको पत्रिकाले जिल्लाका ८३ ओटा वडामा पत्रिका पुर्याउदै आएको छ । तर पत्रिकाले स्थानीय तहबाट पाउनु पर्ने सुचना र जनचेतनामुलक सन्देश पाउन सकेकाे छैन् । सल्यानका प्रायजसो स्थानीय तहले जिल्लाको सदरमुकाममा मात्रै आउने अन्य जिल्लाका पत्रिकालाई सुचना दिने तर जिल्लाबाटै संचालिन सबै ठाउँमा पुग्ने पत्रिकालाई सुचना नै नदिएपछि उक्त पत्रिकाले खुल्ला पत्र लेखेको जनाएको छ ।

हेर्नुहोस् खुल्ला पत्रकाे पुर्ण अंश

सम्बन्धित गाउँपालिका÷नगरपालिका अध्यक्ष÷प्रमुख ज्यू ,

विषयः जो जससंग सम्बन्ध राख्दछ ।

उपरोक्त सम्बन्धमा खवरपत्रिकाको तर्फबाट यसअघि कार्यालयमै पुगेर पनि पत्र बुझाएका थियौं । पुग्नै ढिला हुने ठाउँमा हुलाकबाट पनि पत्र पठायौं । भेट नभएको अवस्थामा फोनमा पनि कुरा गरेका थियौ । तर त्यो पत्र पढ्नुभयो या भएन, पाउनुभयो या भएन, थाहा भएन । फोनमा गरेको कुरा बुझ्नुभयो कि भएन । बोल्न त नेपालीमै बोलेका थियौं ता पनि भेटमा गरेको कुरा बुझ्नु भयो या बुझ्नुभएन थाहा भएन ।

तर आज हामि सार्वजनिक रुपमा पत्र लेख्दैछौं ।

हामीले देखेका छौं, स्थानीय सरकार प्रमुखहरु निकै व्यस्त भएको अवस्था छ । स्थानीय सरकारको प्रमुख भएदेखि दिनहु रिवन काट्न, पानसमा बत्ति बाल्न, व्यानर पढेर कार्यक्रम उद्घाटन गर्न, प्रमुख अतिथि भएर मन्तब्य वा शुभकामना राख्न भ्याईनभ्याई भएकै हो, छ । कसैले भेट्न चाहेमा पनि समय मिलाउनुपर्ने अवस्था छ । तपाईहरु आगामी विकासका योजनाहरु भर्खरै कोर्नुभएको छ र अँझ पनि कोरीरहनुभएको छ , तपाईको यो व्यस्ततालाई पनि हामिले मनन् गरेका छौं । तर पनि सञ्चारजगतको यति महत्वपूर्ण कुराप्रति या त सोच्ने समय भएन, या बुझ्ने समय भएन हामी आँफै अलमलमा छौं । सञ्चार भनेको राज्यको चौथो अंग हो । सायद यो कुरा तपाईकै मुखबाट पनि बेलाबेलामा निस्कन्छ ।

हामिले लेखेको पत्रमा भनेका थियौं, सल्यानको पहिचान र विकासका लागि नयाँ कामको थालनी गरेका छौं । नियम कानूनले मिल्ने कुराहरुको आधारमा सक्दो सहयोग गर्नुहोला । स्थानीय सञ्चारमाध्यमलाई बढि महत्व दिनुहोला ।

सल्यान उसै त सवै क्षेत्रमा पछाडि छ, अँझ सञ्चारको क्षेत्रमा त झनै पछाडी छ । सोहि कुरालाई मनन् गर्दै एउटा पनि खवरपत्रिका जिल्लाबाट प्रकाशन नभैरहेको अवस्थामा हामीले साप्ताहिक खवरपत्रिका सञ्चालन गरेका हौं । साप्ताहिक खवरपत्रिकामा दिन मिल्ने सूचना, विज्ञापन, विभिन्न जनहितमा जारी सन्देशहरु मार्फत पत्रिकालाई सहयोग गर्नुहोला, हामीले स्थानीय सरकारले गरेका काम कुराहरुलाई बढी प्राथमिकता दिनेछौं, हामी प्रारम्भिक चरणमा छौं, कुनै धनाढ्य वर्ग पनि हैनौं, त्यसैले सुरुको अवस्थामा रहेकोले तपाईहरुको अँझ बढि सहयोगको अपेक्षा छ,ं भनेका थियौं ।

खवरपत्रिका प्रकाशनको आज हामी छैठौं महिनामा छौं । तर पनि समाचार र अपवादका सूचनाहरु बाहेक कुनै पनि प्रकारको रकम भुक्तानी गर्नुपर्ने खालका सूचनाहरु खवरपत्रिकामा आएनन् । आज मिचिमिची हात धुने बानी बसालौं, ताजा र स्वच्छ खाने बानी बसालौं, पानी उमालेर मात्र पिउने गरौैं, घरआँगन सफा राखौं, किशोरी अवस्थामा पोषणयुक्त खानेकुरा खाँऔं भन्ने जस्ता अत्यन्तै सामान्य खाले सन्देशहरु पनि राष्ट्रिय दैनिकमा पठाउने गरिएको छ । उसो त गाउँका किसान, मजदुर र विपन्न वर्गका समुदायहरु राष्ट्रिय दैनिकका ग्राहक पनि छैनन । तिनले या त रेडियो सुन्छन् या आफ्नो सम्पर्कमा रहेका जान्यमान्यहरुका कुरा सुन्छन् । सञ्चारक्षेत्रलाई सहयोग नै गर्ने हो भने जिल्लाकै सञ्चारमाध्यमलाई सहयोग गरे भैहाल्थ्यो । अपवाद् बाहेक शिक्षा, कृषि, स्वास्थ्य, पशु सेवा लगायतका गाउँपालिका÷नगरपालिका स्तरीय कार्यालयहरुले सामान्य भन्दा सामान्य सूचना र सन्देशका विज्ञापन पनि जिल्लाबाट प्रकाशन हुने खवरपत्रिकालाई दिएको अवस्था छैन ।

हामीले भन्दै आएका छौं, यो खवरपत्रिका समग्र सल्यानीहरुको हो । जिल्लाकै विकास र पहिचानका लागि भनेर जिल्लाकै पहिचानको रुपमा रहेको कुमाख पहाडको नामबाट सञ्चालन गरेका छौं । कुपिण्डेदह, खैराबाङ, छायाक्षेत्र, कुमाख जस्ता सम्पदा र क्षेत्रहरु समग्र सल्यानका पहिचान हुन् । यी क्षेत्र र सम्पदाको विकासमा राज्यले नै सहयोग थियो, गरेको छ वा गर्नेछ । त्यसैले कुमाख खवरपत्रिका कुमाख गाउँपालिकाको मात्र होईन र हाम्रो नीजि स्वार्थले सञ्चालन गरिएको पनि होईन । लागत खर्च मात्रै उठ्ने अवस्थामा पनि सञ्चालन गर्ने प्रतिवध्दतासहित सुरु गरेका हौं ।

खवरपत्रीका जिल्लाको आवश्यकता हो । यो हामीले सञ्चालन गर्न नसके भोलिका दिनमा अरु कसैले भएपनि सञ्चालन गर्नैपर्नेछ, गर्नेछ । जतिसुकै अनलाईनको विकास भएपनि लिखित अभिलेख पनि आवश्यक नै हुनेछ ।

खवरपत्रिकाको यहि महत्वलाई बुझेर र जिल्लामा अभाव महशुस गरेपछि हामी यस काममा लागेका हौं । यसै कामका लागि आज हामीसंग ४—५ जनाको जनशक्ति छ । कोहि आंशिक र कोहि पूर्णरुपमा यसमा खटेका छौं । तर करीब आधा वर्ष वित्नै लाग्दा समेत पनि ग्राहकदेखि बाहेक अन्य सूचनाहरु दिएर गर्नुपर्ने कुनै पनि प्रकारको सहयोग नगर्नु भनेको हामी सञ्चारक्षेत्रको विकास चाँहदैनौं भन्ने नै अर्थ लाग्छ या खवरपत्रीका महत्वहीन देख्नुभएको छ, केहि न केहि त पक्कै छ । हामीले कतै कमी कमजोरी भए सुधारका लागि आवश्यक सुझाव पनि मागेका छौं र गर्नसक्ने काम गर्ने प्रतिवध्दता पनि गरेका छौं । समस्यै समस्याका बीच पनि हामीले खवरपत्रिकालाई निरन्तरता दिएका छौं । छापाखाना बेलाबेलामा विग्रीने वा राम्रो नछाप्ने भएका कारण कहिले दाङ र कहिले नेपालगंज छापेर पनि यसलाई निरन्तरता दिएका छौं ।

हाम्रा सरकारप्रमुखहरुबाट बेलाबेलामा ठुला ठूला भाषण पनि हुने गरेकै छन् ।
गाउँदेखि सहरसम्म र जिल्लादेखि सिंगो मुलुक नै केहि वर्षमै झिलिमिली नै बन्नेछ झैं गरेर मंच भेट्यो कि खुवै मिलाएर बोल्ने चलन छ । तर आज जिल्लामा एक मात्र रहेको खवरपत्रिकाप्रति यति धेरै बेवास्ता हुनुले हामी आश्चार्यचकित छौं । हामी आज जुन ठाउँमा छौं, भोली त्यहि ठाउँमै हुँदैनौं । हाम्रो ठाउँमा भोलिका दिनमा अरु पनि पुग्लान्, पुग्नेछन् । त्यसैले आज हामी पुगेको ठाउँ कसैले पनि स्थायी भनेर सम्झनु भूल नै हुनेछ । जो कसैले पनि राम्रो काम गरेको छ भने प्रसंसा र सहयोग पनि गर्न जान्नुपर्छ वा नराम्रो काम भएमा सुझाब दिन सक्नुपर्छ वा नराम्रो काम गर्न रोक पनि लगाउनुपर्छ । त्यसैले एकपटक स्थानीय सरकारहरुले आफ्ना शाखा उपशाखा र सम्बन्धित कर्मचारीहरु सहित बसेर आवश्यक समिक्षा गर्न र हामी देशभक्त मजदुर वर्गका लागि चित्त बुझ्दो जवाफ पठाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

प्रकाशक
कुमाख राष्ट्रिय साप्ताहिक खवरपत्रिका, सल्यान

प्रकाशित मिति : २०७५ साउन ५ गते शनिवार