• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

प्युठानको बाग्दुलामा सुनछहरी कला केन्द्रकाे साखा कार्यलय उद्घाटन


स्मृती घर्ती मगर
साउन ५, प्युठान ।
सुनछहरी कला केन्द्र साखा कार्यलय बाग्दुला प्युठानको आज एक कार्यक्रमका बिच ललित होटेल बाग्दुला प्युठानमा समुद्घाटन गरिएको छ।

सुनछहरी कला केन्द्रका अध्यक्ष दिपिन थापा मगरको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा प्रमुख अतिथी प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपति रहेका थिए भने बिशेष अतिथी राष्ट्रिय लोक दोहोरी गित प्रतिस्थान जिल्ला साखा प्युठानका अध्यक्ष टुकमान सिंह कार्की रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिले मैन बत्ति बालेर उद्घाटन गरेकाे कार्यक्रममा सामुहिक राष्ट्रिय गान प्रस्तुत गरिएको थियो भने राजन बुढा मगरले स्वागत मन्तब्य राखेका थिए ।

प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिले कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पुराना कला, संस्कृतिको संरक्षण बिना देश समृद्धीको बाटोतिर नजाने ठोकुवा समेट गरेका थिए । अबका दिनमा नगरपालिका पुराना कला, संस्कृतिको संरक्षण गर्न तर्फ उन्मुख हुने भन्दै भित्रिकोट दरबारको डिपिआर तयार पार्ने टोली भित्र्याई पर्यटन प्रबर्धन गर्ने योजना रहेको जानकारी गराएका थिए । त्यस्तै उनले कला केन्द्र संग हातेमालो गरी अगाडी बढ्न तयार रहेको भन्दै कला केन्द्रको ब्यबसायिक सफल्ताको शुभकामना समेत ब्यक्त गरेका थिए ।

पत्रकार महासंघ प्युठानको तर्फबाट शुभकामना मन्तब्य राख्दै जिल्ला उपाध्यक्ष एल वि थापाले काठमाँडाैको सिमित कल्चर र स्टेप सिकाएर मात्र कला, संस्कृतिको संरक्षण र सम्बर्धन नहुने भन्दै स्थानिय गुरुङ, मगर, नेवारी लगायत बिभिन्न जातजाति संग सम्बन्धित नृत्यलाई संरक्षण गर्दै अगाडी बढ्नु पर्ने बताए ।

होटेल ब्यबसायी संघ प्युठानका अध्यक्ष चन्द्रलाल न्याैपाने, उद्योग बाणिज्य संघ प्युठानका प्रतिनिधी दधिराम भण्डारी, कार्यक्रमका बिशेष अतिथी टुकमान सिंह कार्की लगायतले आफ्नो शुभकामना मन्तब्य राख्दै प्युठानका केही ठाउँमा पुराना कला, संस्कृतिको संरक्षणका लागी होमस्टे सञ्चालनमा ल्याइए पनी त्यसलाई निरन्तरता दिन नसकिएको भन्दै त्यसको लागी सवैले पहल गर्नु पर्ने बताएका छन्। त्यस्तै कला केन्द्रले राम्रा कलाकारहरुको उत्पादन गरे प्युठानमा कम्तिमा पनी दुई वटा सम्म दोहोरी साँझ सञ्चालनमा ल्याउन सकिने आसा ब्यक्त गरेका छन्।

पत्रकार महासंघ रोल्पाका सदस्य तथा राष्ट्रिय लोक दोहोरी गित प्रतिस्थान जिल्ला साखा रोल्पाका सचिव भिम वलीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गित प्रतिस्थान जिल्ला साखा रोल्पाका अध्यक्ष मिलन रोका मगर, नेपाल मगर सांस्कृतिक संघ प्युठानका अध्यक्ष तेजेन्द्र बि एम, बिभिन्न कला केन्द्रका डायरेक्टर, आयोजक टिम, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, कलाकार, साहित्यकार, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
२०६९ सालमा “कला र संस्कृती हाम्रो पहिचान, मिलिजुली संरक्षण गर्नु हाम्रो अभियान” भन्ने मुल नारा सहित स्थापना भएको सुनछहरी कला केन्द्र रोल्पाले यो बर्ष देखी आफ्नो साखा प्युठानमा पनी स्थापना गरेको छ। आफ्नो स्थापना काल देखी नै बिभिन्न खाले नाच सिकाउदै आएको कला केन्द्रले दर्जनाै भन्दा धेरै ब्यक्तिलाई कलाकारितामा स्थापित गराइसकेको केन्द्रका अध्यक्ष दिपिन थापा मगरले जानकारी दिए।

प्रकाशित मिति : २०७५ साउन ५ गते शनिवार