पानी नपरेपछि दाङमा भेडाको बलि दिएर पुजापाठ गरियाे


पूर्ण के.सी.
साउन ५, दाङ ।
साउन पहिलो साता हुँदा पनि पानी नपरेपछि खेती गर्न नसकेको किसानहरु गुनासो गर्छन । वर्खा याममा पनि पानी नपरेपछि किसानहरुले परम्परागत भुमेबर्माको पूजा गरेका छन् । दाङकाे तुलसीपुर क्षेत्रको सात गाँउले कुलोवाट सिँचाई हुने स्थानीयहरुले सनिवार सिँचाई कुलोको मुहानमा भेडाको बलि दिई पूजा गरेका हुन् ।

हजारौ विगाह जमिनमा प्राप्त बर्षा नहुदा धानवाली लगाउन नसकीएको भन्दै उनीहरुले सनिवार तुलसीपुर–३ स्थीत श्रीकुलामा पूजा आजा गरेको सातगाँउले कुलो सिँचाई आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले जानकारी दिए ।

पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै देवता खुसी भएपछि पानी पार्दिन्छन् भन्ने जनविश्वास रहेको र सोही जनविश्वास अन्र्तगत शनिवार कुलाको मुहानमा पूजा गरेको बताईएको छ ।

प्रकाशित मिति : २०७५ साउन ५ गते शनिवार