हेमराज स्मृतिमा दाङका पत्रकार खड्का र आचार्य सम्मानित हुँदै


पूर्ण के.सी.
साउन ६, दाङ ।

रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष स्वर्गिय देविप्रशाद धिताल (हेमराज)को स्मृति दिवसका अवसरमा भोलि(सोमवार) तुलसीपुरमा एक अन्तक्रिया कार्यक्रम गरिने भएको छ ।

देविप्रशाद धिताल(हेमराज) स्मृति प्रतिष्ठिान र रेडियो तुलसीपुरको संयुक्त आयोजनामा स्मृति दिवस मनाउने निर्णय भएको रेडियो तुलसीपुरका स्टेसन म्यानेजर अर्जुन गिरीले जानकारी दिए । त्यसअवसर स्थानीय प्रशासनका पदाधिकारी, अधिकारकर्मी, प्रतिष्ठानका पदाधिकारी, पिडित परिवार र संचारकर्मीका बीचमा धिताल अन्तरक्रियाको आयोजना गर्दै स्वर्गिय धिताका हत्यारा छिटो सार्वजनिक गर्न र कारवाहीका लागि दबाव सृजना गरिने स्टेसन म्यानेजर गिरीले बताए ।

प्रतिष्ठानका कार्यबहाक अध्यक्ष सुरेश हमालको अध्यक्षतामा आइतवार विहान रेडियो तुलसीपुरमा बसेको बैठकले स्मृति दिवसका अवसरमा सोमवार विहान ११ बजे राप्ती अंचल अस्पताल तुलसीपुरमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्तै दिउँसो ३ बजे राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यालयमा प्रतिष्ठानले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष तथा राप्ती अंचल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष समेत रहेका धितालको २०६७ साल साउन ६ गते बेलुका साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जस्पुरमा एक हतियार धारी समुहले गोलि हानी हत्या गरेको थियो । तर हालसम्म हत्या कस्ले र किन गरेको हो भन्ने कुरा प्रहरी प्रशासनले पत्ता लगाउन सकेको छैन । हेमराज हत्या काण्डको ८ वर्ष पुरा भइसक्दा समेत दोषिको पहिचान र कानुनी कारवाही हुन नसक्दा धितालका परिवार जनले न्याय पाउन सकेका छैन्न ।

यस्तै, देविप्रशाद धिताल(हेमराज) स्मृति प्रतिष्ठिानले स्मृति दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गर्ने तयारी गरेको जानकारी दिइएको छ । कलमको माध्यमवाट जिल्लाको सूचना प्रवाह र समग्र विकासमा योगदान पु¥याएको भन्दै पत्रकार नारायण खड्कालाई सम्मान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । त्यस्तै धितालको हत्या विषयमा कमल चलाएको भन्दै पत्रकार गणेश आचार्यलाई पनि सम्मान गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै बैठकले यातायात मजदुरको तर्फवाट बसका चालक केशव भण्डारी र सवारी धनिका तर्फवाट यमनारायण भुसाललाई सम्मान गर्ने निर्णय भएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ साउन ६ गते आइतवार