• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

दाङमा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते


पूर्ण के.सी.
साउन ६, दाङ ।
दाङ तुलसीपुरको जसपुरमा भएको मोटरसाईकल दुर्घटना परी २ जना घाइते भएका छन ।

आइतवार दिउँसो २ बजेतिर शितलपुरदेखि तुलसीपुर तर्फ अाउदै गरेको रा २ प ६५६८ नम्मरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार २ जना व्यक्ति घाइते भएका छन् ।

घाइते २ मध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको छ भने अर्का घाइतेको अवस्था सामान्य छ । नाम भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

घाइते दुबै जनाको उपचार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भइरहेको छ ।

प्रकाशित मिति : २०७५ साउन ६ गते आइतवार