पूर्ण के.सी.
साउन ७ , दाङ ।
प्रहरीले दाङको फुलबारी बाट ११ जनालाई विद्युत चोरी गरेको अभियोगमा प्रक्राउ गरेको छ ।
तुलसीपुर विद्युत प्राधिकरणका प्रमुख दिपकजंग चौधरीले फूलवारी क्षेत्रमा व्यापक मात्रामा विद्युत चोरी हुने गरेको गोप्य सूचनाका आधारमा त्यहा जाँदा गएराति ११ जना पक्राउ परेको जानकारी दिए । मध्यराति हुक गरेर विद्युत चोरी गर्दै आएका, मिटर बक्स विना नै कालो तार मार्फत चोरी गर्दै आएका व्यक्तिहरुलाई पक्राउ गरेर ल्याएको चौधरीले जानकारी दिए ।
पक्राउ गरिएका ११ जना अहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।