• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

प्युठानमा दालमोठ उद्योग फस्टाउदै, एउटै व्यक्तिले ३ लाखसम्म कमाउछन्


स्मृती घर्ती मगर
साउन ७, प्युठान ।
प्युठान नगरपालिका १० मरन्ठानामा दालमोठ उद्योग सञ्चालन गर्दै आएका सफल उद्यमी तेज बहादुर खड्का पछिल्लो समय उदाहरणिय पात्र बजेका छन् ।
लघु उद्यम बिकास कार्यक्रमबाट सिप सिकेर करिब १३ बर्ष अगाडी पाँच हजार रुपियाँ लगानीबाट सञ्चालनमा ल्याइएको उद्योगको लागत हाल तिन लाख रुपियाँ बराबरको हारहारीमा पुगेको छ।

१३ बर्ष अगाडी करिब ११ बर्ष सम्म भारतको राजिस्ठान गंगानगरमा नोकरी गर्दा करिब १४ घण्टा सम्म ड्युटी गर्नु पर्ने बाध्यात्मक परिस्थिती रहेको कुरा सुनाउदै सोही दुःखले आफुलाई यो स्थान सम्म ल्याएको खड्काले बताए । उनले ११ बर्ष सम्म अर्काको देशमा घामपानी, दिनरात नभनी काम गर्दा पनी कुनै उपलब्धि नभए पछी आफ्नै देशमा बसी मेहनत गर्नु पर्छ भन्ने उद्देश्य सहित २०५५ सालमा सानो पसलबाट आफुले ब्यबसाय सुरु गरेको बताए ।

दालमोठ, भुजिया, आलु चिप्स, बटारे मिठाई बनाए बापत् २०६२ पौष पाँच गते लघु उद्यम मार्फत युएनडिपी प्रशंसा पत्र प्राप्त गरे पछी आफुलाई झनै हौसला बढेको कुरा सुनाउदै २०६६ ज्येष्ठ २५ गते गरिबी निबारण कोषबाट रु ३० हजार रुपियाँ ऋण सहायता पाए पछी आफुलाई उद्योग सञ्चालन गर्न सहयोग पुगेको बताए । दालमोठ उद्योग संगै होटेल ब्यबसायलाई पनी अगाडी बढाउदै आउनु भएका खड्काले यिनै ब्यबसायबाट सजिलै घर खर्च टार्नुका साथै तिन जना बालबच्चालाई पढाउदै आएका छन्

बार्षिक दुई लाख ५० हजार देखी लिएर तिन लाख सम्म आम्दानी हुने ब्यबसायबाट आफु सन्तुष्त रहेको भन्दै घर खर्च टारेर बचेँको केही रकम गरिबी निबारण कोष, आमा समुह र सहकारी संस्थामा बचत गरेको बताए । सुरु सुरुमा उद्योग सञ्चालनको लागी निकै समस्या भए पनी पछिल्लो समय आफ्नो उद्योगमा तयार भएका दालमोठ स्थानियले लोकल, ताजा र स्वादिष्ट हुने भन्दै अर्डर गर्दा आफुलाई पनी खुसी लाग्ने गरेको बताए ।

तिन जना बच्चाहरुले पढ्ने र आफु र श्रीमतीले उद्योग र होटेल चलाउन अली गाह्रो भएकाले उद्योग चलाउनको लागी थप २÷४ जना कामदार राखेर अगाडी बढ्ने योजना रहेको कुरा सुनाए । यसरी कामदार राखी अगाडी बढ्दा बेरोजगार रहेका २÷४ जना ब्यक्तिले पनी रोजगार पाउने र आफुलाई पनी काममा सहयोग मिल्ने भएकाले यस्तो योजना बनाएको बताए ।

गत असार महिनामा घरेलु तथा साना उद्योग बिकास समिती प्युठानले ८०% छुटमा ड्राई मेसिन हस्तान्तरण गरेको र आफ्नो उद्योगमा अझै पनी भुजिया मेसिन, प्याकेजिङ्ग मेसिन जस्ता प्राबिधिक मेसिनहरुको अभाब रहेकाले उद्योग सञ्चालनमा केही समस्या भएको खड्काले बताए । गरिबी निबारण कोष जिल्ला इकाई कार्यलय प्युठानबाट शिर्जनशिल ब्यक्ति पुरस्कारबाट पुरस्कृत भैसक्नु भएका खड्काको मेहनत गरे आफ्नै देशमा पनी सफल्ता मिल्ने अनुभब रहेको छ।

संकेतिक फोटो फाइल

प्रकाशित मिति : २०७५ साउन ७ गते सोमवार