• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

दाङमा ट्रयाक्टर दुर्घटना हुदा १ जनाको घटना स्थलमै ज्यान गयो


पूर्ण के.सी.

साउन ७, दाङ ।

ट्रयाक्टर दुर्घटना हुदा दाङको बंगलाचुली गाउँपालिका वडा नं. ४ निवासी ३० बर्षीय थर्कमान घर्तीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरले जनाएको छ ।

गयराती रा १ त २६४९ नम्वरको ट्रयाक्टर दुर्घटना हुँदा घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले लेकाली अनलाइनलाई जानकारी दिएको हो । नायव निरीक्षक राणाले बताए ।

ट्रली विनाको उक्त ट्रयाक्टर उकालोमा ब्याक भएपछि ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ । ट्रयाक्टर झन्डै २० मिटर तल खोल्सामा खसेको छ ।

प्रकाशित मिति : २०७५ साउन ७ गते सोमवार