• २०७८ कार्तिक ७ गते आइतवार
  • Preeti To Unicode

दाङका पत्रकार हेमराज हत्याकाण्डको ८ वर्ष : हत्यारा देखाईदिनुहोस भन्छन् छोरी मनिषा


साउन ७ दाङ ।

तत्कालीन रेडियो तुलसिपुरका अध्यक्ष देवीप्रसाद धिताल हेमराजको हत्या भएको आज ठिक ८
बर्ष बितेको छ ।

आज देबि प्रसाद धिताल प्रतिष्ठानले तुलसिपुरमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने बक्ताहरुले एसियामै उत्कृष्ट मानियको नेपाल प्रहरीले आठ बर्ष सम्म पनि एउटा घटनाको उचित छानबिन नहुनु अत्यन्तै दुखद घटना भएको बताएका छन ।

उनिहरुले अब पिडित परिवार र आफन्तहरुले प्रहरी प्रसासनका कार्यालयहरूलाई घेराउ गर्दै आन्दोलनको थालनि गर्नुपर्ने बताएका छन ।

कार्यक्रममा स्वर्गीय हेमराज धितालकि छोरि मणिषाले आफुहरु कहिलेसम्म बुबाको हत्यारालाई खोजिरहने चाडै वावाको हत्यारा पत्ता लगाईदिनुहोस प्रशासनलाई ईगित गर्दै भनिन । २१ वर्षिय छोरि मनिषाले आफु १३ वर्षको हुदा वावाको हत्या भएको तर हाल सम्म पनी हत्यारा पत्ता नलाग्दा प्रहरि प्रशासनको समेत बिश्वास
नलाग्ने बताईन ।

कार्यक्रममा भावुक बनेकि उनले आफुले जस्तै यति लामो समय सम्म बावाका हत्यारा पत्ता नलाग्ने अरु कसैलाई पनी नहोस कामना समेत गरिन ।

प्रकाशित मिति : २०७५ साउन ७ गते सोमवार