• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

सल्यानकी एक युवतीलाई दाङमा जागिर लगाइदिन्छु भन्दै बलात्कार


लेकाली अनलाइन
साउन ८, दाङ ।
जागिर लगाइदिन्छु भन्दै सल्यानकी एक युवती दाङमा बलात्कृत भएकी छन्। अर्की एक युवतीमाथि पनि बलात्कारको प्रयास भएको छ।

सल्यान स्थायी घर भएर तुलसीपुरको एक कलेजमा स्नातक अध्यनरत युवतीलाई तुलसीपुर उपमहानगपालिका निवासी ४१ वर्षीय विक थरका एक व्यक्तिले जागिरको प्रलोभन देखाइ जंगलमा पुर्‍याई बलात्कार गरेकाे दाङका जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताए । उनका अनुसार घटनामा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का फरार छन्।

‘अमेलिया खानेपानीमा भ्याकेन्सी खुलेको छ, त्यहाँ जागिर लगाइदिन्छु भन्दै जंगलमा लगेर बलात्कार पछि अभियुक्त फरार भएका हुन्,’ एसपी सिंहले भनिन्।  पीडित युवतीले फरार व्यक्तिका नाममा जाहेरी किटान गरिसकेकी हुँदा खोजी कार्य तीव्र पारेको एसपी सिंहले बताइन्।

पक्राउ परेका व्यक्तिलाई वडा प्रहरी कार्यालय लमहीमा राखेर अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी दिइन्। अभियुक्तहरुको नाम गोप्य राखिएको छ।

भाग्न सफल अर्की युवतीको शरीराको विभिन्न भागमा घाउ चोटपटक देखिएको प्रहरीले बताएको छ।
उक्त घटना असार ३१ गते दिउँसो भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७५ साउन ८ गते मङ्गलवार