• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

दाङको ५ ठाउँमा ट्राफिक प्रहरी थपिए (ठाउँ सहित)


पूर्ण के.सी.
साउन ८, दाङ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जिल्लाका ५ स्थानमा ट्राफिक प्रहरी थप गरेको जनाएको छ ।

जिल्लाको घोराही क्षेत्रमा २ स्थान, तुलसीपुर क्षेत्रमा २ र देउखुरीको १ स्थानमा ट्राफिक प्रहरी राख्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवरले जानकारी दिए ।

प्रहरी निरिक्षक कुँवर ट्राफिक प्रमुख भएर आएपछि जिल्लाको घोराहीको बसपार्क, तुलसीपुरको बसपार्क, तुलसीपुर सल्यान सडकखण्डको गोट्टीखोला र पूर्व पश्चीम राजमार्ग अन्तरगत देउखुरीको लमही­ भालुवाङको विच भाग नर्तिमा ट्राफिक प्रहरीको डिउटी व्यवस्थापन गरिएको छ ।

यस्तै घोराही­तुलसीपुर सडकखण्डको सर्रामा एक जना ट्राफिक प्रहरी रहेकोमा एक जना थप गरिएको प्रहरी निरिक्षक कुँवरले जानकारी दिए ।

यस्तै जिल्लामा रहेका अस्थाइ ट्राफिक प्रहरी पोष्टमा अफिसरहरुलाई ईञ्चार्जको रुपमा खटाईएको छ ।

प्रकाशित मिति : २०७५ साउन ८ गते मङ्गलवार