प्युठानका ९ अाेटा सामुदायिक वनमा साढे ६ हजार तेजपात वितरण


स्मृती घर्ती मगर
साउन ८, प्युठान ।
प्युठानका ९ सामुदायिक वनमा तेजपातका ६ हजार ६ सय ७० विरूवा मंगलबार वितरण गरिएको छ।

सामुदायिक वनक उपभोक्ताको तेजपातका विरूवाहरू ब्यबसायीक खेति गरि आयआर्जनमा टेवा पूर्याउने उद्धेश्यले विरूवा वितरण गरिएको फुलवारी एकिकृत ग्रामीण विकास संस्था नेपालले जनाएको छ। जिल्लाको सरूमारानी गा.पा. ३ का जनता र चाभा सामुदायिक वन उपभोक्ता समुह, प्युठान नगरपालिका गजेपहरा हलिबासे, ऐरावति गाउपालिकाका छोटीगैरा फुर्सेडाडा सामुदायिक वन, मल्लरानी गाउपालिकाको रानिवन, भुल्केचुदरीखोला, भैरवडाडा सामुदायिक वन उपभोक्ता समितिका कृषकहरूलाइ ६ हजार ६ सय ७० विरूवा वितरण गरिएको फुलवारी एकिकृत ग्रामीण विकास संस्थाका उपाध्यक्ष छन्द बहादुर बस्नेतले जानकारी दिए। ग्रामिण कृषकको आयआर्जनमा बृद्दी गर्न तेजपातका विरूवाको संरक्षण, सम्बर्द्धनमा जोड दिनु पर्ने बस्नेतले बताए।

वितरण कार्यक्रममा जिआइजेटका कार्यक्रम अधिकृत नविन गुप्ता, इलाका वन कार्यालय बराैलाका अर्जुन बहादुर अछामी, फुलवारी एकिकृत ग्रामीण विकास संस्थाका कार्यक्रम संयोजक अनिल भट्टराई लगायतको उपस्थितिमा छोटीगैरा फुर्सेडाडा सामुदायिक वनमा तेजपातका बिरूवाको बृक्षारोपण समेत गरिएको हो।

गरिव परिवारलाई कवुलियति

ऐरावति गाउपालिका २ हार्बुङमा रहेको छोटीगैरा फुर्सेडाडा सामुदायिक वन उपभोक्ता कृषक मध्येबाट १० विपन्न कृषकको लागि तेजपात खेति गर्न जग्गा उपलब्ध गराइएको छ। तेजपातको विरूवा मार्फत आयआर्जनमा बृद्धी गर्नुका साथै दिगो वन ब्यबस्थापन गर्न सो कार्य गरिएको कार्यक्रम संयोजक अनिल भट्टराईले जानकारी दिए । यस्तै बुधबार टिमुरको वेर्ना वितरण गरिने समेत भट्टराईले बताए ।

 

प्रकाशित मिति : २०७५ साउन ८ गते मङ्गलवार