• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

बिरामीको मृत्यु भएपछि तुलसीपुरको सिटि हस्पिटलमा तालाबन्दी


पूर्ण के.सी.
साउन ९, दाङ ।
दाङको बबई गाउँपालिका वडा नं. ७ निवासी ३७ बर्षीय केवल बस्नेतको उपचारका क्रममा तुलसीपुर हस्पिटलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

डाक्टरको लापरवाहीले गर्दा सामान्य घाइतेको उपचारको क्रममा मृत्यु भएको आरोप लगाउदै तुलसीपुरको तुलसीपुर सिटी हस्पिटलमा मृतकका आफन्तले तालावन्दी गरेका छन् ।

मंगलबार विहान करिव १० बजेतिर बस्नेत सवार मोटरसाईकललाई बबई गाउँपालिका वडा नं. ७ चरकमटियामा ट्रेक्टरले ठक्कर दिएको थियो । दुर्घटना पछि सामान्ने अवस्थामा बस्नेतलाई आफन्तले मंगलबार विहान ११ बजेतिर तुलसीपुर सिटी हस्पिटलमा ल्याएको भएपनि डाक्टरले उपचारमा लापरबाही गरेको र नसक्ने भए अन्तै लैजान्छौं भन्दा रिफर गर्नपनि नदिएको मृतकका आफन्तिको भनाई छ ।

प्रकाशित मिति : २०७५ साउन ९ गते बुधवार