• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सभामुख महराले दाङमा २४ करोडौंमा हुन लागेको रंगशालाको सिलन्यास गरे


पूर्ण के.सी.

साउन  ९ , दाङ ।

दाङमा रंगशालाको सिलन्यास भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बेलझुण्डीमा बुधवार एक औपचारिक कार्यक्रमका बीच निर्माणमाधिन रंगशालाको संघीय संसदका सभामुख कृष्णबहादुर महराले सिलन्यास गरेका हुन ।

राज्यलाई दक्ष जनशक्ति खेलकुदले प्रदान गर्ने भन्दै उनले संसारका सबै देशहरुले युवा र खेलकुदलाई विशेष महत्व दिएको हुँदा नेपालले पनि दिुनपर्ने बताएका हुन ।

तुलसीपुर उपमहानगरपालिका १७ बेलझुण्डीमा निर्माणा सुरु भएको दाङको रंगशाला भ्याट र पिएससहित २४ करोड, २४ लाख ४५ हजारमा निर्माण गर्न लागिएको दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी दिएका छन् । असार ७ गते भएको संझौता अनुसार ८ महिना भित्रै रंगशाला निर्माण गरिसक्ने उल्लेख छ ।

१५ विगाहा जग्गामा निर्माणाधिन दाङ रंगशाला निर्माणको जिम्मा दिवा एमए प्रतिष्ठान कन्स्ट्रक्सन जेभि काठमान्डौंैले पाएको छ । आगामी मंसिर महिनामा हुने भनिएको ८ औं राष्ट्रिय खेलकुदलाई लक्षित गरि निर्माण गर्न थालिएको दाङ रंगशालामा सेन्थेटिक एथलेटिक्स ट्राक निर्माण, फूटवल मैदान निर्माण, नाली निर्माण, भिआईपी प्यारापिट निर्माण, खेलाडी चेन्जिङ रुम, बैठक रुम, भिआईपी/ मिडिया रुम निर्माण र साधारण प्यारापीट निर्माण गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ साउन ९ गते बुधवार