दुर्गा वि सि
साउन ९, सल्यान ।
सल्यान पश्चिम देखि सदरमुकाम खलंगा अावत जावतकाे लागि स्थानीय निकै जाेखिम माेलिर यात्रा गर्न बाध्यछन् । सल्लिवजार देखि सल्यान खलंगाकाे लागि कुमाख प्रालि,भेरि राप्ती यातायात र सल्यान रुकुम यातायातका ३ वटा जिप सञ्चालनमा रहेका छन् ।
उक्त सडक खण्डको जामिरे देखि काेटभिर सम्मकाे बाटाे अत्यन्तै जाेखिम रहेकाे छ । ठाउँ ठाउँमा पहिरो र सडकबाटै खहरे खाेला वगेकाले सडकमा गाडि गुड्नकाे लागि लिग नै नभएको गाडि सञ्चालकहरुकाे गुनासाे छ ।
सडक निर्माणकार्यको जिम्मा पाएको सन्ताेषि निर्माण सेवाले समयमा काम नगरिदिदा बाटाे दैनिक जाेखिम बन्दै गएको छ । अफ्ठेराे ठाउँमा बाटाे सुधार नगरिदिदा गाडी सञ्चालनमा कठिनाई भएको छ ।
बुधबार मात्रै एक यात्रु पहिराे हटाउने क्रममा बन्गाड कुपिण्डे नपा ८ आर्गेनेटा निवासि भिमबहादुर कुवरकाे घाँटी र गर्धनमा ढुंगा खस्दा घाइते भएका छन् । ठाउँ ठाउँमा पहिराे र ढुंगा छिचोल्दै सल्लिवजारबाट विहान ७ वजे हिडेका गाडि वेलुकि ६ वजे सल्यान सदरमुकाम खलंगा पुगेका छन्