मनोज बाबू मनोहर
साउन ९, सल्यान ।
गत आइतबार देखि परेको अविरल बर्षा कारण सल्यानको शारदा नगरपालिका १२ मा रहेको शिव माध्यमिक बिद्यालय डुबानमा परेको छ ।
गएराति करीब २ बजे आएको बाढिका कारण बिद्यालाको पुस्तकालय, लेखा शाखा, कार्यालय कोठाका साथै कक्षा ७, ८, ९, १० पूर्ण रूपमा डुबेका छन भने कुम्प्यूटर ल्याबमा पनि सामान्य क्षति पुगेको विद्यालयले जनाएको छ ।
विद्यालका अनुसार पुस्तकालयमा झण्डै १ फ़ीट सम्म पानी भरिदा पुस्तकालयका किताबहरु कामै नलाग्ने गरी भीजेका छन् । त्यस्तै लेखा शाखामा रहेको दराजमा पानी पस्दा महत्वपूर्ण कागजात, प्रिन्टरमा समेतमा क्षेति पुगेको छ ।
यसरी परेको निरन्तर बर्षाका कारण विद्यालय नजिक रहेको खाने पानीको मुहान समेत पूर्ण रुपमा पुरिएको छ । धारामा बिहान बेलुका मात्र पानी आउने र बिद्यालय र स्थानीयको लागि पानी नहुदा समस्या समेत देखा पर्ने देखिएको छ । बाटो बनाउँदा दीर्घकालीन सोचका कारण नबनाउदा नयाँ सड़क खनेको माटो बाढीले बागाएर यति ठुलो क्षेति पुगेको हुनसक्ने स्थानीय बताउँछन् ।
सम्पुर्ण क्षेतिलाइ मूल्यांकन गर्दा अहिले सम्म करीब ५ देखि ६ लाख सम्म क्षती भएको विधायल व्यवस्थापन समितिका अध्क्क्ष्य भीमबहादुर चलाउनेले बताए ।बर्षाका कारण पुस्तकालय अत्याधिक जोखिम्मा परेको छ भने नजिकै रहेको नोखीराम सुनारको बाख्रा गोठ समेत जोखिममा रहेको छ ।
उक्त स्थिलमा विद्यालयमा उपस्थित भएर शानपा १२ का वडा अध्यक्ष दीपक हमाले काम सुधार भोली बाट नै सुरु हुने बताएका छन् ।