• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा बृद्धि


सरिता चलाउने
साउन ९, सल्यान ।

सल्यानमा बैदेशिक रोजगारमा जाने महिलाको संख्यामा बुद्धि हुदै गएको पाइएको छ । गत सालको तुलनामा भन्दा यसबर्ष बैदेशिक रोजगारमा जाने पुरुषको भन्दा महिलाको संख्यामा बृद्धि हुदै गईरहेको पाईएको हो । एक बर्षको अबधिमा जिल्ला र केन्द्रबाट ४ सय ९ जना महिलाले राहदानी लिएका छन ।

जिल्लाबाट आर्थिक बर्ष २०७४/७५ मा ३ हजार ८ सय २८ जनाले राहादानी लिएका छन । जिल्ला प्रशासन कार्यलय सल्यानबाट ८ सय ८४ र काठमान्डौँबाट २ हजार ९ सय ४४ जना गरी ३ हजार ८ सय २८ जनाले राहादानी लिएको जिल्ला प्रशासन कार्यलय सल्यानले जनाएको छ । जसमा जिल्लाबाट ७ सय ९२ जना पुरुष र ९२ जना महिला रहेका छन भने काठमान्डौबाट २ हजार ६ सय २८ जना पुरुष र ३ सय १७ जना महिला गरी यस बर्ष ३ हजार ८ सय २८ जनाले राहादानी कार्यलयले जनाएको हो ।

गत बर्ष ४ हजार ५ सय ७९ जनाले राहादानी लिएका थिए । जिल्ला बाट ९ सय ८ जना र केन्द्र बाट ३ हजार ६ सय ७१ जनाले लिएकोमा ३ सय ७९ जना महिलाले राहदानी लिएको प्रशासन राहदानी फाँटका फाँट प्रमुख महाबिर वलीले बताए । उनका अनुसार गत सालको तुलनामा यस बर्ष बैदेशिक रोजगारीमा जानेको संख्या घटेको भएपनि पुरुषको तुलनामा महिलाको संख्यामा भने बृद्धि भएको छ ।

वैदेशिक रोजगारीमा जाने अधिकांश महिला बिवाहीत, श्रीमानले दोस्रो बिवाह गरेका, २ देखि ४ वटा बच्चा भएको उनको भनाई रहेको छ । १८ बर्ष देखि ३० बर्ष सम्मका महिला बढि खाडीमुलुक जाने गरेको उनले बताए ।

खाडी मुलुकमा महिला घरेलु कामदारको अत्यधिक माग भएकाले विदेशिने नेपाली महिला कामदारको संख्या बढेका कारण महिलाहरु विदेशिनेको सख्ंयामा वृद्धि आएको वलीको भनाई रहेको छ । उनले भने “गन्तव्य देशहरूमा बूढाबूढी र बालबालिका हेर्ने मानिसको कमी छ । त्यसमा महिला कामदारको निकै माग छ ।”

जति कडाइ भयो महिलाको जाने क्रम त्यति नै घट्छ र जति खुकुलो हुन्छ त्यति नै संख्या बढ्दै जाने उनी बताउँछ । नेपाली महिला कामदारहरूको मुख्य गन्तव्य संयुक्त अरब एमिरेट्स, कुवेत र मलेसिया रहेको छ । र ती देशमा महिलाहरू बढी विदेशिने गरेको पछिल्लो अध्ययनमा जनाइएको छ ।

प्रकाशित मिति : २०७५ साउन ९ गते बुधवार