इन्द्र ब. बुढाथोकी
साउन १०, सल्यान ।
सल्यानमा एक व्यक्तिको भिर बाट लडेर मृत्यु भएको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न ५ का अन्दाजी ४४ वर्षका गुमान बिष्टको बुधबार साझ ५ बजे तिर सोहि नगरपालिका ४ को राङ्गो लाटेको भिर बाट लडेर मृत्यु भएको हो । मृतका जेठान केशव शर्माका अनुसार उनी भिर बाट १ सय ५० मिटर तल खसेका हुन् ।
बुधबार बिहान घरबाट बाख्रा खोज्न भनी हिडेको र घर नफर्किए पछि खोजी कार्य गर्दा राती १० बजे तिर पत्ता लागेको जेठान शर्माले बताएका छन । मृतका श्रीमती, २ छोरा १ छोरी छन ।