• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा गाडी दुर्घटना हुँदा एकै घरका दाईको मृत्यु, भाइ घाइते


लेकाली अनलाइन
साउन १०, सल्यान ।
सल्यानमा गाडि दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको सिद्धकुमाखको ३ नं वडा फलाँटेबाट ढोरचौर तर्फ हिडेको लु १ च ७७४४ नंम्बरको पिकअपमा दुर्घटना हुँदा सोही गाउँपालिका ३ निवासी २६ बर्षका हेमराज रेउलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

दुर्घटना मृतका भाइ मदन रेउले भने घाइते छन । उनिहरु एकै घरका २ भाइ चालक र सहचाल हुन । गम्भीर घाइते भएका दाईलाई उपचारका लागि कोहलपुर लिदै गर्दा बाटोमा मृत्युु भएको प्रहरीले बताएको छ ।

बर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन १० गते बिहिवार