• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा आधुनिक प्रहरी हिरासत बन्यो


लेकाली अनलाइन
साउन १०, सल्यान ।
सल्यान प्रहरीले हिरासतलाई आधुनिक बनाएको छ । हिरासत अथवा जेल भन्ने वित्तिकै फोहोर, उडुस लाग्ने, अध्यारो हुने सबैको मनासायमा हुनेगर्छ तर सल्यानको हिरासत त्यो भन्दा फरक भएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भरत बहादुर विकका अनुसार जिल्लाको प्रहरी हिरासतलाई आधुनिक तथा स्वस्थ्यकर बनाइएको बताएका छन । उनले भएका २ कोठाका हिरासतलाई सुन्दर डस्ना र सिरक अनी लहरै पलंग भएको बनाएका छन । बन्दिले प्रयोग गर्ने शौचालयलाई पनि सफा बनाइएको देखाउदै उनले भने – हिरासतमा सबै अपराध गरेर आएका हुदैनन अनुसन्धानका लागि पनि आएका हुन्छन अपराधी भएतापनि मानव सरह उनिहरुलाई व्यवहार गर्नुपर्ने हुन्छ, त्यसैले आफुले यो अभियान थालेका हौं ।

उनले जिल्लाका श्रीनगर, लुहाम, थारमारे लगायतका स्थानमा पनि यस्तै आधुनिक प्रहरी हिरासत बनाउने बताएका छन । उनले भने हामीले कसैको सहयोग नमागे पनि कार्यालय संचालनको रकमबाट छुट्याएर यसमा लगानी गरेका हौ, अन्य स्थानमा पनि गर्नेछौं । इच्छाशक्ती भए थोरै रकममा पनि काम गर्न सकिने भन्दै उनले अन्य क्षेत्रमा पनि आफुहरुले चाँडै गर्ने बताएका छन । अव कर्णाली प्रदेश भरी यस्ता हिरासत हुने गरी सुझाव दिएको भन्दै उनले गृह मन्त्रालयले अव हिरासतलाइ मात्र हैन जेल घरलाइ पनि यस्तै बनाउनु पर्ने बताए ।

परिमार्जित हिरासत कक्ष अवलोकन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले आफुले शान्ती सुरक्षाका लागि प्रहरीलाई सहयोग गर्ने बताएका छन । उनले आफुले श्रीनगरको हिरासत बनाउदा सहयोग चाहिए माग गर्न भनेका छन । उनले शान्ती खलबलाउनेलाई प्रहरीले पक्रेमा छुटाउन अनावश्यक पहल नगर्ने बताउदै समाजका मानिसहरु सच्चिनुपर्ने बताएका छन ।

कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, नेपाल बार यशोसियसनका अध्यक्ष लाल बहादुर रावत, इन्सेक प्रतिनिधि मिना बुढाथोकीले पनि सम्बोधन गर्दै प्रहरीको कामको स्रहना गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन १० गते बिहिवार