लेकाली अनलाइन
साउन ११, सल्यान ।
सल्यानी गायिका देवि बस्नेतले एउटा ठट्यौली खालको तिज गीतमा अभियान गरेकी छन् ।
चन्द्रकला कंवर र अनमो योगीको सन्देशमुलक ठट्यौली तिज गीत “मलाई त बुढीले तनाबैमा पारी”मा सल्यानकी बस्नेत सँगै अनिल विष्ट प्युठानीले अभियान गरेका छन् । पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा बजारमा आएको गीतमा समाजको बास्तविक भोगाईलाई ठ्टयौली पारामा ब्यक्त गरिएको छ ।
गीतमा गायिका चन्द्रकला कवर र गायक अनमोल योगीको आवाज रहेको छ । यमराज कंवरको शब्द र यगराज कंवर लय तथा सिर्जना रहेको गीतको म्युजिक भिडियोलाई हरिष महराले छाँयाङकन गरेका छन् ।
चेतन सागरले सम्पादन गरेको म्युजिक भिडियोको निर्देशन विशाल बैरागीले गरेका हुन ।
हेर्नुहोस् भिडियो