सल्यानी गायिका देवि बस्नेतले ठट्यौली तिज गीतमा अभियान गरिन (भिडियो सहित)


लेकाली अनलाइन
साउन ११, सल्यान ।
सल्यानी गायिका देवि बस्नेतले एउटा ठट्यौली खालको तिज गीतमा अभियान गरेकी छन् ।

चन्द्रकला कंवर र अनमो योगीको सन्देशमुलक ठट्यौली तिज गीत “मलाई त बुढीले तनाबैमा पारी”मा सल्यानकी बस्नेत सँगै अनिल विष्ट प्युठानीले अभियान गरेका छन् । पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा बजारमा आएको गीतमा समाजको बास्तविक भोगाईलाई ठ्टयौली पारामा ब्यक्त गरिएको छ ।

गीतमा गायिका चन्द्रकला कवर र गायक अनमोल योगीको आवाज रहेको छ । यमराज कंवरको शब्द र यगराज कंवर लय तथा सिर्जना रहेको गीतको म्युजिक भिडियोलाई हरिष महराले छाँयाङकन गरेका छन् ।

चेतन सागरले सम्पादन गरेको म्युजिक भिडियोको निर्देशन विशाल बैरागीले गरेका हुन ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०७५ साउन ११ गते शुक्रवार