पूर्ण के.सी.
साउन ११, दाङ ।
आज गुरु पुर्णिमा , गुरुको सम्झनामा विभिन्न साथ मनाईयो । सोही अवसरमा दाङको राप्ती बबई क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले एक कार्यक्रम गरि आफना गुरुलाई सम्मान गरेका छन ।
विद्यार्थी रेशम खडकाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मण रेग्मी, शिक्षकहरु युवराज रावत , विरेन्द्र महरा , सुरेश शर्मा, सनद गिरि , लगाएतले मन्तव्य राखेका थिए ।
मन्तव्यका क्रममा बक्ताहरुले आफुलाई शिक्षा दिने गुरुहरुलाई सधै सम्मान गर्न सिक्नु पर्ने बताएका थिए । विद्यार्थी कमल भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी सिएम विश्वकर्माले गरेका थिए ।
सो अवसरमा विद्यार्थीहरुले स्वर्गिय जिवराज शर्मा सरको सम्झना गरेका थिए ।