साउन १३, रोल्पा ।
रोल्पाको सुकीदह गाउँपालिकाका अध्यक्ष बिर बहादुर केसीको पहलमा भीरबाट लडेर घाइते भएकी एक महिलाको ज्यान जोगिएको छ ।
सुकीदह गाउँपालिका वडा न. २ बडामेलाकि शुशिला ओली डाँगीको ज्यान जोगाउन गाउँपालिका अध्यक्ष केसीले ठुलो पहल गरेको स्थानीयले बताएका छन् ।
बिहिबार बिहान घाँस काट्न जंगल गएकी शुशिला रुखबाट लडेर घाइते भएकी थिइन् । टाउको, ढाड र खुट्टामा चोट लागेर घाइते भएकी शुशिलाको स्थानीय स्वस्थ्य चौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सल्यान अथवा दाङ लैजान स्वस्थ्य चौकीका कर्मचारीले सुझाएका थिए ।
बर्षायामको पानीले सडकमा पहिरो आएर बिग्रिएको र सडकमा गाडी गुड्न सक्ने अवस्था नभएपछि उपचारका लागि लान सम्भब थिएन । तर यो कुरा गाउँपालिका अध्यक्षले थाहा पाएपछि रातारात डोज़र लगाएर बाटो सफा गरेको र गाउँपालिकाको गाडीसमेत प्रयोग गरि सल्यानको थारमारेसम्म गाउँपालिका अध्यक्ष केसीको पहलमा घाइते शुशिलालाई पुर्याइएको सुकीदह गाउँपालिकाका सब इन्जिनिएर रमेश डाँगी जानकारी दिए ।
‘रातारात पहिरो पन्छाएर अध्यक्ष केसीले सल्यान सम्म पुर्याए, अहिले शुशिलाको उपचार कोहलपुर स्थित नेपालगंज शिक्षण अस्पतालमा उपचार भैरहेकाले उनको अवस्था सामान्य रहेको छ, डाँगीले भने । आफुहरुलाई ठुलो सहयोग गर्ने गाउँपालिका अध्यक्षलाई शुशिलाका परिवारले धन्यवाद दिएका छन् ।
पटकपटक विवादमा आइरहने अध्यक्ष केसीले यसपाली भने स्राहानिय काम गरेको स्थानीयले बताएका छन् ।