• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा चार निर्दोष बालबालिकाले कैद सजाय भोक्दै


लेकाली अनलाइन
साउन १३, सल्यान ।
सल्यान ४ जना बालबालिकाले कैद सजाय भोगिरहेका छन् । कारागारमा विभिन्न आरोेपमा आमाहरुले कैद सजाय पाउँदा निर्दोष बालबालिकाले पनि कारगारमै कैद सजाय भोगिरहेका हुन् ।

यसरी कैदी सरहको सजाय भोग्ने बालबालिकाहरुमा सिद्धकुमाख गाउपालिकाका दुई वर्षिया सोलिका विश्वकर्मा, दार्मा गाउपालिकाका चार वर्षिया काजल बुढाथोकी, कालीमाटी गाउपालिकाका दश महिनाका निराजन बिक र दाङ घोराही उपमहानगरपालिका दाङका दुई वर्षिय युरोप खनाल रहेका छन् ।

वहु विवाह र मानव बेचबिखन मुद्धामा जेल परेका आमासँगै आएका बालबालिकालाई घरबाट कोहि पनि लिन नआएकाले उनिहरु जेल भित्रै रहेको जिल्ला कारागार प्रमुख जेलर विक्रम केसिले बताए ।

बालबालिकालाई घर लैजान मिल्ने भएकाले बारम्वार सुचित गराउँदै आएपनि कोही लिन नआएपछि संरक्षण तथा पालनपोषणमा समस्या हुदा आश्रीतको रुपमा आमासँगै राखिएको कारागारले जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन १३ गते आइतवार