• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा एक बर्षमा ३७ सवारी दुर्घटना : २० जनाको ज्यान गयो, ६३ गम्भीर घाइते


लेकाली अनलाइन
साउन १३, सल्यान ।
सल्यानमा गएको आर्थिक वर्षमा ३७ वटा सवारी साधन दुर्घटनामा भएका छन । दुर्घटनामा परी २० जनाको ज्यान गएको छ भने ६३ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय सल्यानका अनुसार मृत्यु मध्ये १२ पुरुष, ७ महिला र १ बालक रहेका छन् ।

त्यस्तै, उक्त अवधिमा दुर्घटनामा परी घाइते हुनेमा २९ पुरुष, २४ महिला, ६ बालक र चार बालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

संकेतिक फोटो फाइल

प्रकाशित मिति : २०७५ साउन १३ गते आइतवार