• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा जिप दुर्घटना हुदाँ ९ जना घाईते


इन्द्रबहादुर बुढाथोकी
साउन १३, सल्यान ।
सल्यानमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
जाजरकोट बाट नेपालगन्ज जान लागेको लु १ ज ३९३४ नम्बरको कुमाख यातायात प्रालिको बोलेरो जिप रिषी राजमार्गको सल्यान बनगाड कुपिण्डे नगरपालिका १ समाइल नजिकै आज विहान ११ वजेको समयमा दुर्घटना भएको हो । प्रालिको जीप सडकमै पल्टेको छ । जिपमा सवार ११ जना यात्रु मध्य ९ घाईते भएका छन् । भने २ जना सकुशल रहेका छन ।

घाइते हुनेहरुमा जाजरकोट बारेकोट गाउँपालिका वडा ४ वर्ष ३८ को नर ब बोहरा, सोही ठाउकै वर्ष ३७ को विष्णु बस्नेत, जाजरकोट भेरी नपा ४ वर्ष ४१ गोपाल नेपाली , वर्ष ६ कि आषा नेपाली , वर्ष ७ का आयुष बि क , वर्ष ४९ का भक्त कार्की, सल्यान बनगाड कुपिण्डे नपा २ वर्ष ३६ का देब ब राना, वर्श ११ तुल्सी राना, र बाके कोहलपुर नपा वर्ष २५ का चालक खेम बले घाइते भएका छन। घाइते सबैलाई नेपालगन्ज उपचारको लागि पठाएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।

सकुशल रहेका बाके कोहलपुर नपा २ वीर ब ओलि र जाजरकोट भेरी नपा २ का भरत भने घर फर्किएको ईलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज चन्द्र कठायतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ साउन १३ गते आइतवार