• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

दाङमा चट्याङ लाग्दा एक महिला घाईते


पूर्ण के.सी.
साउन १३ , दाङ ।
दाङमा चट्याङ लाग्दा एक महिला घाइते भएकी छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १० ढिकपुर निवासी हिमा सार्कीलाई आज बेलुकी पख चट्याङ लाग्दा गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको प्रहरीले बताएको छ । चट्याङवाट सार्कीको हात र खुट्टामा गहिरो घाउ भएको छ ।

प्रकाशित मिति : २०७५ साउन १३ गते आइतवार