साउन १३, सुर्खेत ।
सुर्खेतमा रहेक प्राचिन शिव मन्दिर प्रदेशकै समृद्ध (स्मार्ट) मन्दिर निर्माण गर्ने उद्देश्यले वीरेन्द्रनगर ९ लाटिकोइली सुर्खेतमा जारी “शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५” मा आज (श्रावण १३ गते) करिव ४ लाख रुपैया दान संकलन भएको छ ।
महामहोत्सवमा आज लाटिकोइलीका स्थानीय समाजसेवी डम्मरविक्रम जिसीले १ लाख १ हजार १ सय ११, वीरेन्द्रनगर ९ का तुलसी गिरीले १ लाख ५ हजार १ सय ११, वीरेन्द्रनगर ९ का दलबहादुर खत्रीले २१ हजार १ सय ११ सहित करिव ४ लाख रुपैया दान संकलन भएको महामहोत्सव सचिवालयका भूपेन्द्र घर्तीले बताए ।
आज मौसमका कारण श्रद्धालु भक्तजनहरुको कमी भएको महामहोत्सव सचिवालयका भूपेन्द्र घर्तीले बताए ।
त्यस्तै वीरेन्द्रनगरका १ देखि १६ वटा वडा कार्यालयले रु ११ हजार १ सय ११ का दरले दान गरेको वडा नं ९ का अध्यक्ष सुरेश मानन्धरले बताए ।